बिनोद चौधरी र वाइवाइको गुणस्तरविरुद्ध बोल्नेलाई धमाधम गाली बेइज्जती मुद्दा, २ वर्ष कैद र ५ करोड क्षतिपूर्ति दावी

विष्णु ढुंगाना

काठमाडौँ । रुपन्देहीका सुरज किशोर थापा (नाम परिवर्तित) लाई बैशाख अन्तिम साता अपरिचित नम्बरबाट फोन आयो । फोनको ट्रयु कलरमा 'डीएसपी साब' लेखिएको नाम देखियो । उनले फोन उठाए । फोन गर्ने व्यक्तिले आफू शुभचिन्तक भएको भन्दै नाम र घर ठेगाना सोध्यो ।


थापाले डीएसपी कलर आइडी देखेपछि प्रहरी भन्ने सोचे । आफ्नो नाम र ठेगाना भन्न के फरक पर्ला र भन्दै आफ्नो पूरा नाम र ठेगाना बताए । फोन गर्ने व्यक्तिले हवस् धन्यवाद भन्दै फोन काटे । त्यसको ८ दिनपछि थापालाई जिल्ला अदालत रुपन्देहीबाट अदालतमा मुद्दा परेको भन्दै फोन आयो । 

‘कसैलाई बिझाए जस्तो पनि लाग्दैन, केही बिगारे जस्तो पनि लाग्दैन कसले के गरेर मुद्दा हाल्यो खोई ?’ थापाले अदालतका कर्मचारीलाई प्रश्न गरे, ‘उताबाट भनियो चौधरी ग्रुप (सीजी) ले तपाईंलाई मुद्दा हालेको छ । तपाईंले चौधरी ग्रुपका प्रमुख बिनोद चौधरी र वाइवाइ चाउचाउबारे भ्रमपूर्ण प्रचार गर्नु भएको भन्ने छ । म्याद लिन आउनुस् ।’

अदालतबाट फोन आएपछि आफू थचक्कै बसेको  थापा बताउँछन् । ८ दिनअघि आएको फोनमा पुनः सम्पर्क गरे । तपाईँ को हो ? के हो भनेर प्रश्न गरे । आखिर ति व्यक्ति चौधरी समूहका प्रतिनिधि रहेको उनले थाहा पाए । वाइवाइ चाउचाउको गुणस्तरबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको ति कर्मचारीले थापालाई बताए । 

थापा अदालत पुगेर बुझ्दा जेठ ७ गते आफूविरुद्ध गाली बेइज्जती मुद्दा दायर भएको थाहा पाए । उनले अदालतबाट आफ्नो लागि जारी भएको म्याद बुझिसकेको सिधाकुरालाई बताए । ‘वाइवाइको गुणस्तरबारे भ्रमपूर्ण प्रचार गरेको र चौधरी ग्रूपका अध्यक्ष बिनोद चौधरीको मान मर्दन गरेको भन्दै गाली बेइज्जती मुद्दा दर्ता भएको रहेछ,’ उनले भने, ‘म विरुद्ध गाली बेइज्जती गरेको कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग दाबी गरिएको छ ।’

अदालतमा चौधरी समूहको र सो समूह अन्तर्गतको सीजी फुड्स् प्रालिको तर्फबाट दायर गरिएको गाली बेइज्जती मुद्दामा ‘हामी फिरादीको इज्जतमा धक्का पुर्याउने र फिरादीको व्यक्तिगत चरित्र, आचरण, नैतिकता तथा व्यक्तिलाई होच्याउने नियतले नियोजित रुपमा भ्रामक भिडियो सामाजिक सञ्चालमा राखेकाले हाम्रो चरित्र हत्या भई विपक्षीले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ विपरीतको कसूर गरेकाले विपक्षीलाई ऐनको दफा ३०७ बमोजिम हदैसम्मको सजाय गरी पाउँ’, भनिएको छ । 

साथै, ‘यस्तो कसुरजन्य कार्यका कारण फिरादीलाई पुगेको क्षतिबापत रु ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाइ भराइ पाउँ,’ भनी दाबी गरिएको छ । रुपन्देही जिल्ला अदालतकी तामेलदार इन्दिरा कुमारी खड्काले थापालाई म्याद तामेल गरिसकेकी छिन् । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले मुद्दा दायर भएको पुष्टि गरे । ‘मुद्दा नम्बर अनुसार अदालतको प्रणालीमा हेर्दा विवरण देखिने भनेको मुद्दा दर्ता भएको भन्ने हो,’ उनले भने, ‘विस्तृत विवरण भने मिसिल नहेरी भन्न सकिन्न ।’

०००

चितवनका तेजेन्द्र पौडेल अर्का व्यक्ति हुन् जो माथि चौधरी समूहले उस्तै प्रकृतिको मुद्दा दायर गरेको छ । तेजेन्द्रका अनुसार उनीमाथि २०८१ जेठ ८ गते जिल्ला अदालत चितवनमा लिखित गाली बेइज्जतीको मुद्दा दायर भएको छ । 

चौधरी समूह र सो अन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको तर्फबाट वारेस मन्दिरा गौतमले जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । पौडेलले २१ जेठमा मुद्दाको म्याद बुझेको सिधाकुरालाई बताए । 

चौधरी ग्रुपको निवेदनअनुसार पौडेलले चाउचाउको प्याकेट जलाउँदै गरेको भिडियो आफ्नो पेजमा शेयर गरेर क्याप्सनमा ‘बाइबाइ १ अब कसैले नखानु है’ लेखेर आफ्नो उत्पादनको मानमर्दन गरेको उल्लेख गरेको छ । पौडेलले २१ वैशाखमा आफ्नो फेसबुकमा यस्तो सामग्री लेखेर पोस्ट गरेको अदालतमा चढाइएको निवेदनमा उल्लेख छ ।

चौधरी समूहले पौडेललाई गाली बेइज्जती कसूरमा २ वर्ष कैद वा २० हजार रुपैयाँ जरिवाना र ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर भएको पुष्टि गरे ।  

०००

वाइवाइले धनुषाका पत्रकार आदर्श मण्डल विरुद्ध पनि गाली बेइज्जती मुद्दा दर्ता गराएको छ । चाउचाउको गुणस्तर र आफ्नो समूहका प्रमुख विरुद्ध बोलेको भन्दै जिल्ला अदालत धनुषामा जेठ ११ गते आफू विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरिएको र ५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको मण्डलले सिधाकुरालाई बताए । 

‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले वाइवाइको गुणस्तर जाँच गर्दा खान अयोग्य चाउचाउ भएको पुष्टि भएपछि मैले पनि चाउचाउ नखान भन्दै फेसबुकमा लेखेको थिएँ ’ मण्डलले सिधाकुरासँग भने, ‘त्यो पोस्ट हटाउन मलाई फोनमा दबाब पनि आएको थियो । तर, हटाइन अहिले मुद्दा परेको थाहा पाएँ ।’ 

आफू अलि टाढा भएर म्याद बुझ्न नभ्याएको भन्दै उनले मुद्दाको व्यहोरा र ५ करोड क्षतिपूर्ति माग गरिएकोबारे अदालतबाट फोनमा जानकारी आएको उनले सुनाए । उनको मुद्दा नम्बर ०८०–सी४–०६१४ हो ।

बालेनको कामको प्रशंसा गर्दा मुद्दा 

चौधरी समूह र सो समूह अन्तर्गतको वाइवाइ चाउचाउ उत्पादन गर्ने सीजी फुड्सले यस्तो दर्जनौँ मुद्दा दायर गरेको हुनसक्ने मुद्दा दायर भएकाहरू बताउँछन् । सिधाकुराको सम्पर्कमा आएका मुद्दा दायर भएकाहरू मध्ये आफूहरूले जान अन्जानमा बालेनले चाउचाउको गुणस्तर जाँच गरेर नागरिकको स्वास्थ्यमाथि भएको खेलबाड अन्त्य गर्न गरेको प्रयासको सर्मथन गरेको बताएका छन् । चौधरी समूहले उत्पादन गर्ने वाइवाइ चाउचाउको आफूहरू नियमित ग्राहक भएको र सोको गुणस्तरबारे प्रश्न उठ्दा विरोध जनाउनु आफ्नो हक भएको उनीहरूको दाबी छ । तर, विरोधका नाममा हुने कानुनको अवज्ञाबारे भने उनीहरु अनविज्ञ छन् । आफूहरूले ग्राहक कै रुपमा चौधरीलाई गुणस्तर सुधारका लागि आग्रह गर्दा घरबासै उठाउने गरी क्षतिपूर्ति मागेर मुद्दा हालिदिँदा नरमाइलो लागेको बताएका छन् ।  

थापा रूपन्देहीमा दैनिक जागिर गरेर जिविकोपार्जन गर्ने सामान्य व्यक्ति हुन् । आफ्नै घरमा क्यान्सरको बिरामी भएको र आफू पनि क्यान्सरको सम्भावित जोखिमका कारण नियमित परीक्षणमा गइरहेका व्यक्ति भएको उनको दाबी छ । 

‘काठमाडौँ महानगरले गरेको गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउ गुणस्तर फेल भएको पाइएको समाचार पढेको र चाउचाउका कारण क्यान्सर हुन्छ भन्ने सुनेपछि चाउचाउ नखान सचेतनामूलक भिडियो बनाएको थिएँ,’ थापा भन्छन्, ‘आफ्नो एउटा बच्चालाई अटिजम छ । घरमै अर्को क्यान्सर बिरामी छन् । हामी सधैँ चाउचाउ खाजाको रुपमा खान्छौँ । गुणस्तरमा बेइमानी गरेपछि यत्ति बोल्न के हुन्छ र भनेर भिडियो बनाएँ । मैले बिनोद चौधरीलाई गाली गरेको पनि थिएँ तर त्यो मेरो गल्ति भयो । तर, यत्तिकै आधारमा मलाई यत्ति ठूलो  क्षतिपूर्ति मागेर मुद्दा हालियो । म के गरूँ ?’

जिन्दगी भरी दुःख गरेर कमाएर बनाएको एउटा घरबाहेक सम्पत्ति नभएको भन्दै उनले ५ करोड कसरी तिर्ने भन्दै चिन्ता व्यक्त गरे ।

सिधाकुरालाई प्राप्त थापाले बनाएको भिडियो सामाग्रीमा ३ जना बालबालिका राखेर  वाइवाइ चाउचाउ र चुरोट दुवैले क्यान्सर हुने सूचना बालबालिकाले बोलेका छन् । क्यान्सर हुने भन्दै बालबालिकाले वाइवाइ चाउचाउ फ्याँकेका छन् । भिडियो शेयर गर्दा विपक्षी थापाले विनोद चौधरी डाँ... भन्दै उनलाई कारबाही गर्न माग गरेका छन् । अहिले ति सबै सामाग्री फेसबुकबाट हटाई सकिएको छ ।

गाली बेइज्जती मुद्दा दर्ता भएका चितवनका तेजेन्द्रले सिधाकुरासँग कुरा गर्दै आफूले म्याद बुझेको बताए ।

‘मैले त काठमाडौँ महानगरको ल्याब परीक्षणमा गुणस्तर फेल भएको समाचारपछि नागरिकलाई सचेतनाका लागि लेखेको थिएँ,’ पौडेलले भने, ‘तर, खोजी खोजी जायजेथा नै असुल गर्ने गरी मुद्दा दायर भएछ । यत्तिका वर्ष जुन चाउचाउ खाएर हुर्कियौँ । त्यही चाउचाउको गुणस्तरमा समस्या आएपछि बोल्दा यत्ति ठूलो सजाय पाइन्छ भन्ने सोचेकै थिइनँ ।’

पौडेलले आफूहरूले वाइवाइको माया लागेकै  कारण गुणस्तरबारे चिन्ता व्यक्त गरेको भन्दै त्यसलाई चौधरी समूहले प्रतिशोधका रुपमा लिएको आरोप लगाए । 

आफू जस्तै सचेत नागरिकले विरोध गरेपछि चौधरी समूहले चाउचाउको गुणस्तर सुधार गर्ला भनेर यस्तो खबरदारी गरेको धनुषाका आदर्श मण्डल बताउँछन् । ‘मैले त खबरदारी गरेको तर यहाँ त घरबास नै उठाउने गरी प्रतिशोध साँधेर मुद्दा हालिएछ,’ मण्डलले सिधाकुरासँग भने । 

वाइवाइको गुणस्तरबारे जनतालाई सचेत गराउन आफूले काठमाडौँ महानगरको ल्याब परीक्षण रिपोर्टबारे सूचना मात्रै सञ्जालमा लेखेको उनको भनाई छ । 

के हो वाइवाइ चाउचाउको गुणस्तर विवाद ?

२०८१ वैशाख १३ गते सीजी (चौधरी ग्रुप) ले उत्पादन गर्ने वाइवाइ चाउचाउको केही लटको उत्पादन गुणस्तर परीक्षणमा फेल भएको पाइएको थियो । काठमाडौँ महानगरपालिकाले गरेको गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएको थियो । 

नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक मात्रामा एसिड प्रयोग भएको पाइएको काठमाडौँ महानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको थियो । 

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको थियो । 

गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुप सानेपालाई २ लाख रुपैयाँ जरिवाना गराएर महानगरले ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआई २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । 

त्यस लगत्तै बजारमा वाइवाइ चाउचाउको गुणस्तरबारे प्रश्न चिन्ह खडा भएको थियो । महानगरको सो परीक्षण रिपोर्टपछि चौधरी समूहका महाप्रबन्धक निर्वाण चौधरीले चाउचाउको गुणस्तरबारे गलत प्रचार गरेर मानमर्दन गर्न खोजिएको भन्दै महानगरको परीक्षण प्रतिवेदनको घुमाउरो ढंगबाट विरोध गरेका थिए । महाप्रबन्धक चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा चाउचाउमा कुनै अखाद्य वस्तु नरहेको र बजारमा फैलाइएको हल्ला भ्रम मात्रै भएको दाबी गरेर ट्वीट र फेसबुकमार्फत चाउचाउ बारेको संस्थागत सूचना सार्वजनिक गरेका थिए । 

लगत्तै बालेन साहले खण्डन गर्दै रुटिन अफ नेपाल बन्दको पोस्टमा ल्याब रिपोर्ट सहित कमेन्ट गर्दै भनेका थिए, ‘ल्याब टेस्टको आधारमा बनाइएको रिपोर्ट हो । भ्रम हैन ।’ त्यसपछि महानगर र चौधरी समूह बीच यस विषयमा बाहिर देखिने गरी कुनै बहस भएको छैन । 

तर, बालेनको क्रेजका कारण उनलाई तारिफ गर्दै सामाजिक सञ्जालमा वाइवाइ विरोधी पोस्ट र प्रचारहरू मौलाएको थियो । त्यस लगत्तै चौधरी समूहले त्यस्तो प्रचार गर्नेविरुद्ध कानुनी उपचार खोजेको अहिले आएर खुलेको छ । बिनोद चौधरी र वाइवाइविरुद्ध संस्थागत रुपमै भ्रम फैलाउने विरुद्ध अझै ठूलो धनराशी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर भएको हुनसक्ने बुझिएको छ ।

 के भन्छ चौधरी समूह ? 

चौधरी ग्रुप र सो ग्रुप अन्तर्गतको सीजी फुड्सले दायर गरेको मुद्दा गाली बेइज्जती विरुद्धको कसूरको हो । फौजदारी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ र ३०८ समेतको आधारमा विपक्षीहरूले नियोजित रुपमा भ्रमपूर्ण प्रचार गरेको समूहको दाबी छ । 

दफा ३०६ ले जानी जानी वा नियोजित रुपमा कसैको पनि मानमर्दन, गाली बेइज्जती र सार्वजनिक छविमा आँच पुर्याउन नपाइने व्यवस्था गरेको छ । यस्तै दफा ३०७ (१) ले यस्तो कसुर गरेका २ वर्ष कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ भने दफा ७ (२) ले बेइज्जतीको गम्भीरता हेरी क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था गरेको छ । 

सोही कानुनी प्रावधानलाई टेकेर मुद्दा दायर गरिएको चौधरी समूहको तर्फबाट अदालतहरूमा बुझाइएको निवेदनमा उल्लेख छ । आफ्नो कम्पनीका प्रमुख र महत्वपूर्ण उत्पादन वाइवाइ विरुद्ध गलत प्रचार गरेको भन्दै दायर गरिएको देशभरको मुद्दा र क्षतिपूर्तिका सम्बन्धमा भने चौधरी समूह औपचारिक रुपमा बोल्न चाहेन । सो समूहका उपमहाप्रबन्धक मधुसुदन पौडेलले यसबारेमा आफूलाई थाहा नहुने बताए ।

वाइवाइको कानुनी परामर्शका लागि छुट्टै विभाग रहेको भन्दै उनले त्यहाँ बुझेर खबर गर्ने बताए । तर, तीन दिनसम्म त्यसको कुनै जवाफ नै दिएनन् ।   

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||