काठमाडौँ । सुन तस्करीका नाइके दावा छिरिङलाई नागरिकता दिने अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन् । काभ्रे प्रहरीका अनुसार खरेललाई काभ्रेबाट पक्राउ गरिएका हो । उनलेनै काभ्रे जिल्ला प्रसाशन कार्यालयको नागरिकता फाँटबाट दावा छिरिङका नक्कली विवरण सनाखती नागरिकता जारी गरेका थिए । झपेन्द्रले दावालाई आर्थिक प्रलोभनमा परेर नागरिता दिएको विषय सिधाकुराले उजागर गरेको थियो ।
विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण