कास्की । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ ।
उक्त तस्बिर कास्की प्रहरी कार्यालयबाट सामाजिक अभियन्ता डा निकोलस भुसालले लिएको पाइएको छ । कास्की प्रहरी प्रुमख एसपी श्याम आलियाले उक्त तस्बिर हिरासत भित्रकै भएको तर सार्वजनिक भने भुसालले गरेको जानकारी दिएको रास्वपाका एक पदाधिकारले बताए ।
निकोलस भुसालका निकटहरूका अनुसार भुसाल केही दिन अघि प्रहरी कार्यालय पुगेका बेला प्रहरीले उक्त तस्बिर देखाएको थियो । अहिले सामाजिक सञ्जालमा भाइरल भएको सिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । कास्की प्रहरीले भने उक्त तस्बिर सार्वजनिक गर्ने व्यक्तिको खोजी भैरहेको जनाएको छ ।
लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् ।
हिरासतमा रहेका रविको सिसिटिभी फोटो कास्की प्रहरीले कसलाई पठायो ?
हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोबाइल फोन गेटमा राखेर पठाउने गरेको छ ।
अपडेटः भुसालले केहि बेर अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफैले उक्त तस्बिर खिचेको बताएका छन् । साथै उनले उक्त तस्बिर वास्तविक भएको बताएका छन् ।