नेभिगेशन
सबै कुरा
एमाले सांसद रेखा शर्मा प्रकरणः

पीडित बालिकासँग माफि माग्दै बालेनले लेखे, ‘कुकर्म गर्नेहरूलाई तह लगाउन समय आउनेछ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बाल श्रम शोषण गर्ने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने सरकारी निर्णयको विरोध गरेका छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले पीडित बालिकासँग माफि माग्दै नआत्तिन र कारबाहीको समय आउने बताएका छन् ।

‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ,’ बालेन लेख्छन्,‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा विरुद्ध जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । सोही निर्णयलाई लिएर मेयर शाहले सो टिप्पणीसहितको स्टाटस लेखेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ माघ १ गते सांसद रेखा शर्माविरुद्ध दास बनाउन नहुने सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले सांसद शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका थिए । 

नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

न्यायाधिवक्ता कटुवालले सो निर्णय माघ २० गते नै उच्च सरकारी वकिलको कार्यालय पाटन पठाएका थिए । उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाएको छ ।

लुुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् । 

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाले नै काठमाडौँ महानगरको टोलीसँग गुनासो गरेकी थिइन् ।

गुनासोपश्चात महानगरको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाटै बालिकाको उद्धार गरेको थियो । बालिकालाई सेफ हाउसमा राखि सांसद शर्माबाट बालिकामाथि श्रम शोषण तथा दूव्र्यवहार भएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । 

बाल श्रम शोषण कसुरमा एमाले सांसदविरुद्ध अनुसन्धान गर्न प्रहरीको आनाकानी !

प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालत पुगेकी सांसद शर्माको, माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज भएको थियो । 

त्यसपछि उनलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...

भर्खरै