नेभिगेशन
सबै कुरा

उडिसा नेपाली विद्यार्थी मृत्यु प्रकरणः फेरि होस्टल फर्कन डराइरहेका छन् नेपाली विद्यार्थी

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)बाट निकालिएका नेपाली विद्यार्थीहरु यतिबेला कोही रेलेवेस्टेसनमा छन्, कोही नेपाल फर्कदै छन् । होस्टलबाट जवरजस्ती निकालिएका उनीहरु फेरि होस्टल फर्कन सक्ने वातावरण नभएको बताउँछन् । ‘हामीलाई होस्टलबाट दुव्र्यवहार गरेर निकालिएको थियो । फेरि फर्कदा उस्तै व्यवहार नहोला भनेर कसरी मान्नु ?’ होस्टलबाट निकालिएका एक विद्यार्थीले भने । 


City Express

रेलवेस्टेसनमै रहेका अर्का एक विद्यार्थीले भने, ‘हामीलाई कलेजले बाेलाएकाे छैन । साेबारे कुनै जानकारी पनि पाएका छैनाैँ । केही साथीहरु होस्टलमा फर्कनुभएको थियो । तर उनीहरुलाई बस्न नदिएको भन्ने खबर पाएका छौँ ।’

उनीहरु फेरि होस्टल फर्कदा फेरि उस्तै व्यवहार हुने त्रासमा छन् । यसका लागि नेपालका निकायले सहज वातावरण बनाइदिनुपर्ने बताउँछन् । 

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी थिइन् । मृत भेटिएकी छात्रा बुटवलकी प्रकृति लम्साल हुन् । 

उनको मृत्यु शंकास्पद रहेकोले सही छानबिन हुनुपर्ने माग राख्दै नेपाली विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले प्रदर्शन गरेपछि विश्वविद्यालयले सूचना नै जारी गरेर सबै नेपाली विद्यार्थीलाई जवरजस्ती होस्टलबाट निकालेर बिभिन्न रेलवे स्टेसन लगेर छोडेको थियो । नेपालका सञ्चारमाध्यममा समाचारहरु छ्यापछ्याप्ती भएपछि नेपालको सदनदेखि सडक समेत तातेको थियो । प्रतिनिधिसभा सदस्यहरुले संसदमै यो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए भने लैनचौरस्थित भारतीय दूतावासअघि समेत प्रदर्शन भएको थियो । 

त्यसपछि प्रधाननमन्त्री केपी शर्मा ओलीले उक्त घटनाबारे कुटनीतिक पहल भएको जानकारी गराएका थिए । सोही विषयमा भारतस्थित नेपाली दूतावास विश्वविद्यालयसँग छलफल गरेको जनाएको छ । छलफलपछि विश्वविद्यालय निकालिएका विद्यार्थीहरुलाई होस्टलमै राख्ने व्यवस्था मिलाउन र प्रकृतिको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको लागि सहयोग गर्न प्रशासन प्रतिवद्ध रहेको विज्ञप्तीमार्फत जानकारी गराएको छ । त्यस्तै विश्वविद्यालयले पनि होस्टेलबाट निकालिएका नेपाली विद्यार्थीहरुलाई फर्किन आह्वान गरेको छ । नेपाली राजदूतावाससँगकोपछि कलेजले सूचना जारी गर्दै विद्यार्थीलाई फर्किन भनेको हो । 

कलेजले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोजेको तर उनीहरुले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना गरेको तथा सार्वजनिक सडकमा पनि अवरोध गरेपछि उनीहरुलाई घर फर्काइएको तर्क दिएको छ । 

यता दिल्लीस्थित नेपाली राजदूतावासबाट दुईजना कर्मचारीलाई उडिसा पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोबारे जानकारी गराएका छन् । तर होस्टलबाट निकालिएका अधिकांस नेपाली विद्यार्थीहरु घर फर्कदै छन् । उनीहरुले होस्टल फिर्ता हुनका लागि सहज वातावरण बनाईदिन आग्रह गरेका छन् । 

सम्बन्धीत समाचार:

भारतको उडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा कलेजबाट निकालिए सयाैँ नेपाली बिद्यार्थी



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मिथानोल मिसिएको मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको कुवेतस्थित सञ्चारमाध्यमहरुले जनाएको छन् । जस मध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेत शाखाले जनाएको छ ।...
कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतस्थित नेपाली दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीनदिनमा मृत्युभएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ...

भर्खरै