नेभिगेशन
सबै कुरा

भारतको उडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा कलेजबाट निकालिए सयाैँ नेपाली बिद्यार्थी

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी छिन् । मृत भेटिएकी छात्रा बुटवलकी प्रकृति लम्साल हुन् । 

उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफाे बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजमा १५ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत रहेकाे बताईएकाे छ ।

City Express

सोही कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय छ । उनको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शंकास्पद भएको उनको भनाई छ । 

ति विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो  सबै बिद्यार्थीहरु त्यतै व्यवस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर उनीहरुले सुने । ‘खबर सुनेपछि हामी उक्त होस्टलको बिल्डिङतर्फ लाग्यौँ । त्यहाँ पुग्दा प्रकृतिले आम्हत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन,' उनले भने, ‘सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।’ 

नेपाली विद्यार्थीहरु प्रशासनसँग जवाफ मागिरहेका थिए । सोही क्रममा ह्वाट्उसएप ग्रुपमा खबर फैलियो, ‘उनलाई एउटा केटाले निकै दुःख दिइरहेको थियो ।’ 

उनीहरुका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा प्रदर्शन गर्न थाले । 

नेपाली विद्यार्थीहरु प्रोटेस्टमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिन थालेको ति विद्यार्थी बताउँछन् । ‘हामीलाई भाइस चान्सलरले रेस्टिकेट गरिदिने, फेल गराईदिने र कलेजबाट निकालेर घर फकाईदिने धम्की दिए । हामीले राति १ बजेसम्म प्रोटेस्ट गरेका थियौँ’, ति विद्यार्थीले भने । 

अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेजकाे होस्टलबाट दुर्व्यवहार गर्दै निकालिएको छ। करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको छ।

भुवनेस्वर रेलवे स्टेसनमा छाडिएका एक विद्यार्थीले भने, ‘फाउन्डरको निर्देशनमा हामीलाई होस्टलबाट निकालियो । हामीलाई होस्टलमा अपशब्द बोल्दै गाली गरियो । कुटपिट गर्दै हाम्रो मोबाइल खोसेर त्यहाँ भएका फोटो भिडियोहरु डिलिट गरियो । त्यसपछि अहिले भुवनेश्वर रेलवेस्टेसनमा छाडिएको । भोलिसम्मको लागि रेल छैन । कहाँ जाने सोच्न सकेका छैनौँ ।’

उनका अनुसार उक्त कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थीमाथि यस्तै दुर्व्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे भारतस्थित नेपाली दूताबासलाई समेत जानकारी गराएकाे तर दूताबासबाट कुनै सहयोग नभएको उनीहरुको आरोप छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मिथानोल मिसिएको मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको कुवेतस्थित सञ्चारमाध्यमहरुले जनाएको छन् । जस मध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेत शाखाले जनाएको छ ।...
कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतस्थित नेपाली दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीनदिनमा मृत्युभएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ...