नेभिगेशन
सबै कुरा

अपडेटः दाङ बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको पहिचान खुल्यो

इलाका प्रहरी कार्यालय भालुवाङले दुर्घटनामा मृत्यु हुने  ८ जनाको पहचिान भएको जनाएको छ । दुर्घटना स्थलमा भेटिएका कागजपत्रका आधारमा पहिचान भएका मध्ये ६ जना नेपाली नागरिक हुन भने दुइ जना भारतीय भएको खुलेको छ । 

प्रहरीकाअनुसार यि हुन पहिचान खुलेका मृतकहरु

६० वर्षीया कुसम बस्नेत–नेपालगञ्ज

४० वर्षीय मुनबहादुर रावत–जुम्ला

३० वर्षीय शौरभ बिष्ट–मकवानपुर 

३० वर्षीय रामबरण हरिजन– बाँके

२५ वर्षीय दीपक डाँगी -रुकुम

६५ वर्षीय ताराकान्त पाण्डे -काठमाडौं 

६७ वर्षीय योगेन्द्र  -भारत पूवीचम्पाटनलमहि 

३१ वर्षीय मुने -भारत उत्तर प्रदेश

शुक्रबार राती दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको थियाे । राप्ती गाउँपालिका १ स्थित दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलबाट नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको थियाे ।  नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट  राप्ती नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका १७ जनाकाे बुटवल र  नेपालगञ्जमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको प्रकार पत्ता लगाउने उपकरण सञ्चालनमा

भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको प्रकार पत्ता लगाउने उपकरण सञ्चालनमा

अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उनले भनिन्, “बिरामीलाई क्यान्सर त भएको...
कञ्चनपुरमा छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

कञ्चनपुरमा छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

कमलाका तीन स–साना बालबालिका छन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएकोे...
मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त प्रकरणलाई गम्भीर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै तुरुन्त एक्सन लिनुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर बजेट ल्याउने गरि सीमा निर्धारण गरेको छ। शुक्रबारको बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गरिने...