नेभिगेशन
सबै कुरा

कुटिएका अनेरास्ववियुका विद्यार्थी नेतासँग हाम्रो सरोकार नै छैन: दरबारमार्ग प्रहरी

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई दरबारमार्गका प्रहरीले अपहरण गरेर कुटेको घटना सत्य नभएको प्रहरीले जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफूहरुको संगठनमा आबद्ध विद्यार्थी नेतामाथि दरबारमार्गको प्रहरीले अपहरण गरेर हतकडि लगाएर टोखा पुर्याएर कुटेको घटनामा कुनै सत्यता नरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिसपी राजकुमार श्रेष्ठले दरबारमार्ग प्रहरीलाई जुन आरोप लगाएर विज्ञप्ती सार्वजनिक भएको छ, त्यसमा आफूहरुको कुनै संलग्नता नरहेको बताए । ‘मैले पनि त्यो विज्ञप्ती देखेँ, हामीलाई आरोप लगाइएको रहेछ ।’, डिएसपी श्रेष्ठले भने, ‘हाम्रो वृत्तलाई कुटाई खाएका भनिएका ती व्यक्तिसँग कुनै सरोकार नै छैन । ती व्यक्ति हाम्रो वृत्तसँग सम्बन्धित भए हामी प्रहरी कार्यालय ल्याउँथ्यौँ होला । किन छोड्थ्यौँ होला र ? त्यसैले हामीमाथि लगाइएको आरोप सरासर झुट्टा हो ।’

याे पनि:‘हाम्रो नेतालाई प्रहरीले ठमेलबाट उठायो, टोखामा पुर्याएर कुट्यो र वीरमा उपचार गरेर छोड्यो’ : अनेरास्ववियु

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेता प्रकाश वयकलाई प्रहरीले अपहरण गरेर कुटेको आरोप लगाएको छ । संगठनका अध्यक्ष समिक बडालले दरबारमार्गका एक प्रहरीले अस्कल क्याम्पस ती नेतालाई साँझको समयमा अपहरण गरेर कुटपिट गरेर उपचारपश्चा परिवारको जिम्मा लगाएको आरोप लगाएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्