नेभिगेशन
सबै कुरा

‘हाम्रो नेतालाई प्रहरीले ठमेलबाट उठायो, टोखामा पुर्याएर कुट्यो र वीरमा उपचार गरेर छोड्यो’ : अनेरास्ववियु

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतालाई प्रहरीले अपहरण गरेर कुटेको आरोप लगाएको छ । संगठनका अध्यक्ष समिक बडालले दरबारमार्गका एक प्रहरीले अस्कल क्याम्पसका एक नेतालाई साँझको समयमा अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका हुन् । 

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष बडालले संगठनमा आबद्ध प्रकाश वयकलाई साँझको समयमा आफू नेपाल प्रहरीको प्रतिनिधि रहेको र सीएसआईटीको फर्म भर्नु छ भनी बोलाएर अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन् । ‘मिति २०८१/१०/३० गते राति अन्दाजी ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु सीएसआईटीको फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु छ भनि विना कसुर अस्कल क्याम्पस मदन भण्डारी स्पोटद्स एकेडेमीका उपाध्यक्ष क प्रकाश वयक माथि हतकडि लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखा लगेर विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्कि दिंदै नाक, मुख, आखा सुन्निने गरि कुटपिट गरि विर अस्पतालमा चेकजांच गराएर राती २ बजे आफन्तलाई बुझाएको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’, बडालले विज्ञप्तीमा भनेका छन् । 

त्यस्तै उनले नेपाल प्रहरीको गैरकानुनी तवरको धरपकडको सह्य नहुने र सो घटनामा संलग्नको छानबिन गरि दोषीमाथि कडा कारबाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौँ । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं ।’, विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ ।  साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान...
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।
प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे ।