नेभिगेशन
सबै कुरा
अस्पताल भर्ना हुन मानेनन् रवि

अस्पतालले भन्यो 'भर्ना हुनु' रविले भने 'मुटु दरो छ औषधि दिए हुन्छ'

कास्की । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।

वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो । अस्पतालका फिजिसियन डा‍‍‍.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ । आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए । साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ ।लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

'लामिछाने जीको स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,' डा ताम्राकारले भने 'भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ' । चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए । 'यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो', डा.ताम्राकारले भने ।

लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए । तर लामिछानेले 'आफ्नो मुटु दरो छ' भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए । लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् । 

रवि लामिछानेको स्वास्थ्यमा भएन सुधार, आज पनि रक्तचाप १७०/११०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation