नेभिगेशन
सबै कुरा

डिजिटल म्यापिङ प्रविधिबाट झापास्थित आयल निगमको जग्गा नापजाँच

काठमाडौँ । जिल्ला अदालत, झापाको आदेशपछि शनिबार नापी कार्यालय, मालपोत कार्यालय र प्रहरी प्रसाशनको रोहबरमा जग्गाको नापजाँच गरिएको छ । झापाको मेचिनगर १३ स्थित २३ बिघा ३ कठ्ठा १३ धुर जग्गाको नापजाँच भएको हो । नापी अधिकृतहरुले टोटल स्टेसन (टिएस) प्रविधि प्रयोग गरी जग्गा नापजाँच गरेका हुन् । 

उक्त जग्गाको यसअघि पनि अदालतको आदेशपछि नापजाँच भएको थियो । त्यतिखेर हातले फित्ता तानेर नापजाँच गर्दा यकिन नाप नआएपछि अहिले डिजिटल प्रविधि उपयोग गरिएको हो । सात बर्षअघि जग्गा बिक्री गरेका छत्रबहादुर कार्की उनको बिहिनी रिता कार्कीले निगमको जग्गामा हकदाबी गर्दै जिल्ला अदालत, झापामा मुद्दा हालेका थिए ।

आयल निगमले ०७३ मा झापाको चारआलीमा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो । खरिद भएको मध्ये छत्र र रिताको संयुक्त कित्ताको ८ बिगाहा मध्येबाट ५ बिगाहा जग्गा किनेको थियो । तर, निगमले आफ्नो जग्गा नापजाँच गर्दा ३ बिगाहा मात्रै पाएको थियो । जिल्ला मालपोत कार्यालय झापाकाअनुसार रीताले कित्ता नं ५६ को २ बिघा १९ कट्ठा जग्गा सात करोड ५० लाख रुपैयाँमा र छत्रबहादुरले कित्ता नम्बर ५७ को एक बिघा १८ कट्ठा जग्गा पाँच करोड १३ लाख ३८ हजारमा निगमलाई बिक्री गरेका थिए । तर, निगमले आफूले किनेको जति जग्गा नापी गराएर तारजाली गरेपछि तिनै मध्येबाट रिताले सात कट्ठा  र उनका दाजुले एक बिघा १० कट्ठा आफ्नो जग्गा निगमले हडपेको भन्दै अदालत गएका थिए । 

यो जग्गामा झापाको सिलगढीदेखी ५० किलोमिटर लामो पाइपलाइन र झापामा भण्डारण गृह बनाउने योजना छ । निगमको संचालक समिति सदस्य तथा अधिकाकि ट्रेड युनियनका अध्यक्ष बिरेन्द्र चन्दले अदालतको अदेशपछि जग्गा नापजाँच गरिएको र यसपछि विवाद समाधान हुने उनको विश्वास छ ।

उक्त जग्गा सम्बन्धी विवादबारे बुझ्न यो पढ्नुहोस् :

झापामा आयल निगमको झण्डै ५ करोड मूल्य पर्ने २ बिगाहा जग्गा गायब, जग्गा बिक्रेताले हाले खिचलो मुद्दा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation