नेभिगेशन
सबै कुरा

शिक्षक-कर्मचारी राजनीतिक दलमा आवद्ध भए कारवाही हुने, मन्त्री सुमनाले मागिन उजुरी

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी छन् ।

शिक्षक कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै शिक्षामन्त्री श्रेष्ठले त्यसो गरेको पाइएमा पदबाट हटाउने कानुनी प्रावधान रहेको उल्लेख गरेकी छन् । 

Dish Home
Global Ime Bank

शिक्षा मन्त्रालयबाट शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनबारे जानकारी गराउँदै कानुुन गज्जब बनाएको भएपनि कार्यान्वयनमा चुकेको उल्लेख गरेकी छिन् । उनले भनिन्  शिक्षा ऐन, २०२८ दफा १६९ङ० को उपदफा ५ खण्ड ९९० को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान उल्लेख गर्दै त्यसो नगर्न सचेत गराइन् ।


त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १४ उपदफा २ खण्ड ९ग०मा सरकारको स्वामित्वमा रहेको संस्थामा आवद्ध नरहेकालाई मात्रै दलको सदस्यता वितरण गर्नुपर्ने व्यवस्थासमेत उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानून राम्रो भएपनि कार्यान्वयन फितलो भएको भन्दै त्यसो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेकी छन् ।

१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

उनले यस्तो कहीँ कतै पाइएमा शिक्षा मन्त्रालयमा जुनसुकै माध्यमबाट उजुरी गर्न पनि आम नागरिकलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘अब ढिलो भइसक्यो । अब चाहिँ शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउनै पर्छ ।’

साथै सम्बन्धीत निकायहरुलाई कानुन अनुुसार अनुुगमन र कारवाही अघि बढाउन आवह्न समेत गरिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation