१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

जियालाल साह
वीरगंज ।  वीरगंज महानगरपालिकाको नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगंजमा प्राथमिक विद्यालय शिक्षक (प्रा.शि.) को दरबन्दीमा अरविन्द कुमार सिंहको नाम छ । शिक्षक संकेत नम्बर १२७२३९ भएका सिंह विद्यालयका शिक्षक हुन् भन्ने कुरा धेरै जसो अभिभावकलाई थाहा छैन । 



यति मात्रै होइन विद्यालयका एक जना शिक्षकका अनुसार पछिल्लो समय दरबन्दी भएर विद्यालयमा आएका शिक्षकहरूलाई समेत उनी यो विद्यालयका शिक्षक हुन भन्ने थाहा छैन् । यस क्षेत्रमा अरविन्द सिंह भन्ने बितिक्कै मानिसले एमालेका नेता र सोही पार्टीको केन्द्रिय सदस्य भनेर चिन्छन् ।

देशभर एमालेको नेता भनेर परिचय बनाएका उनी न विद्यालय जान्छन् न त कक्षा कोठामै पढाउँछन्। १९ वर्ष देखि शिक्षकको स्थायी पेसामा रहेका उनले काम भने पार्टी राजनीतिमा गरे । सरकारी तलब र सुविधामा दुई दशक एमाले राजनीति गरेका उनलाई कारबाही गर्न न अभिभावक तम्सिन्छन्, नत स्थानीय सरकारले सकेको छ । 

शिक्षकले राजनीति गर्न पाउँछन् ?
सिंहले आफ्नो १९ वर्षे कार्यकालमा राज्य कोषको ६४ लाख भन्दा बढी रकम शिक्षकको तलबको रुपमा बुझिसकेका छन् । जीवनको महत्वपूर्ण समय शिक्षकको नियुक्ति लिएर  राजनीति गरेका उनी अबको केही समयमा सेवा निवृत्त हुँदैछन् । कानुनत शिक्षक वा कर्मचारी, कसैले पनि राजनीतिक दलमा आवद्ध हुन पाउँदैनन् ।तर, कानुनविपरीत सेवाको लाभ लिइरहेका सिंहमाथि कारवाहीको लागि पटकपटक सिफारिस भए पनि उनी राजनीतिक संरक्षण पाएर जोगिँदै आएका छन् । 

संघीय शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) मा ‘शिक्षक तथा कर्मचारीको पदीय आचरण र अन्य व्यवस्था’ सम्बन्धीको बुँदा नम्बर ५ को (छ) ले शिक्षकलाई राजनीति गर्न निषेध गरेको छ । ‘कुनै पनि शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ ऐनमा स्पष्ट भनिएको छ । ऐनअनुसार कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह  स्तरका कार्यकारिणी सम्झनुपर्ने भनिएको छ । 

यसको अर्थ कुनै पनि पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको कुनै पनि जिम्मेवारीमा रहे त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनुपर्छ । तर,  शिक्षक अरविन्द सिंह पार्टीको चुनाव लडेर नेकपा एमालेका केन्द्रिय सदस्य भए । 

कहिल्यै विद्यालय नजाने सिंहलाई शिक्षक पदबाट हटाउन उजुरी नपरेको भने हैन । विभिन्न उजुरीको आधारमा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले उक्त विद्यालयलाई बारम्बार पत्र काटेर कारवाही गर्न निर्देशन पनि दियो । तर, पार्टीको पहुँचको आधारमा उनलाई उन्मुक्ति मिल्दै आएको छ । 

महानगरको कारबाही प्रयास 
वीरगंज महानगरपालिकाले २०८० साल असोज २५ गते नेपाल रेल्वे माविलाई पत्र लेख्दै त्यस विद्यालयका प्रा.शि. शिक्षक अरविन्द कुमार सिंहलाई कारबाही गर्न भन्दै लिखित स्पष्टीकरण सोध्यो । 

‘शिक्षक संकेत नम्बर १२७२३९ भएर नेकपा (एमाले) को केन्द्रिय सदस्य रहेका शिक्षकको फेसबुक तथा विभिन्न सामाजिक सञ्जाल साथै सम्बन्धित पार्टीको आधिकारिक वेबसाइट आदिमा समेत देखियो,’ पत्रमा भनिएको छ, ‘निजलाई शिक्षक पदबाट संघीय शिक्षा ऐन र वीरगंज महानगरपालिकाको शिक्षा (पहिलो संशोधन) ऐन २०७७ को दफा २ (२) मा ‘पदबाट हटाउन विद्यालय व्यवस्थापन समितिले महानगरपालिकामा सिफारिस गर्नेछ भन्ने व्यवस्था रहेकोले सो सम्बन्धमा निज शिक्षकलाई शिक्षक पदबाट हटाउन किन नपर्ने हो ? ७ दिनभित्र विद्यालय व्यवस्थापन समितिबाट सिफारिस गरि पठाउनू ।’ 

उक्त निर्देशनसहितको पत्रको जवाफ नेपाल रेल्वे माध्यमिक विद्यालयले ७ दिन भित्र अर्थात २०८० साल कार्तिक १ गते वीरगंज महानगरपालिकाको शिक्षक महाशाखालाई दिनुपर्ने थियो । तर, विद्यालयले शिक्षकको किर्ते सरुवाको प्रबन्ध मिलाएर उनलाई जोगाउने नीति लियो । पत्रको जवाफ नदिई अख्तियार नै नभएको निकायबाट शिक्षक सिंहको सरुवा गरिएको पत्र महानगरलाई पठाइयो ।


वीरगंज महानगरले कारबाही गर्ने भन्दै सिंहले आफ्नो सरुवाका लागी अधिकार क्षेत्रभित्र नपर्ने शिक्षा विकास तथा समन्वय इकाई पर्सा मार्फत महानगर अन्तर्गत नपर्ने अन्य स्थानीय तहमा पार्टीको बलमा सरुवा लिए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अशोक कुमार रौनियारले पर्साकै बिन्दवासिनी गाउँपालिकाको गिर्जा प्रा.वि. झौवागुठीमा सरुवा गरिएको महानगरलाई लेखिएको पत्रमा उल्लेख छ । 

स्थानीय तह अन्तर्गत शिक्षकहरूको सरुवा बढुवा लगायतको अधिकार प्रष्ट रुपमा सोही स्थानीय तहलाई प्रत्यायोजन गरिएको छ । तर, शिक्षा विकास तथा समन्वय इकाई पर्साले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने महानगरको शिक्षक महाशाखालाई टेकेर उनको सरुवा गरिएको भनी शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, राष्ट्रिय किताब खाना लगायतलाई बोधार्थ पठाएको छ । 


तर, विद्यालयको विषयमा वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख तथा प्रवक्ता अरविन्दलाल कर्णले स्थानीय तहलाई दिएको अधिकारको विपरित सरुवा प्रक्रियानै गलत भएको बताएका छन् । उनी भन्छन्, सिंहको सरुवा मान्य हुँदैन । ‘क्षेत्राधिकार मिचेर इकाइले गरेको सरुवाको कुनै औचित्य छैन्,’ उनले भने, ‘नियमअनुसार सिंह अझै पनि महानगर अन्तर्गतकै शिक्षक हुन् ।’ महानगरले उनीमाथि कारबाही अघि बढ्ने बताएको छ । 

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय रौनियारले शिक्षक सिंहलाई प्रधानाध्यापक प्रभु प्रसाद रौनियारले सहयोग गरेका कारण उनले मनपरी गरेको बताउँछन् । आफूहरूले पटक पटक उनलाई कारबाही गर्न आग्रह गरे पनि  सो कुरा अवमूल्यन भएको रौनियार बताउँछन् । ‘हामीलाई थाहै नदिई प्रधानाध्यापकसँग मिलेर उनको सरुवा र रमना पठाइएछ,’ अध्यक्ष रौनियारले भने, ‘उ बदमास मान्छे हो । उसलाई प्रधानाध्यापकले पनि साथ दिए ।’ 

के भन्छन् सिंह ?
सिधाकुरासँग कुरा गर्दै शिक्षक सिंहले भने आफूले राजनीति र शिक्षण पेसा सँगसँगै गरेको स्वीकार गरे । राजनीति गरेका कारण शिक्षण पेसालाई अवरुद्ध नगरेको भन्दै उनले विद्यालयमै चिन्दैनन् भन्ने कुरा आरोप मात्रै भएको दाबी गरे । ‘मैले राजनीति गरेकै हो, म एमालेको केन्द्रिय सदस्य हुँ,’ सिंहले भने, ‘तर, मैले विद्यालयलाई कुनै हानी गरेको छैन् ।’ 
उनले आफूले इमानदारीसाथ शिक्षण पेसा र राजनीति गरेको दाबी गरे । ‘राजनीतिमा लागेर बेरोजगार भएर अनैतिक काम गर्ने मान्छे म होइन,’ उनले भने, ‘म लडेरै स्थायी भएको हुँ, स्थायी शिक्षकबाट बचेको समय राजनीतिलाई दिएको हुँ ।’ उनले शिक्षक भएर राजनीति गर्न नहुने कुरा आफूलाई थाहा भएको पनि बताए । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....