नेभिगेशन
सबै कुरा

भिडियो रिलिज नहुँदै प्रिति आलेको तिज गीत विवादमा

काठमाडौँ । गायिका प्रिति आलेको नयाँ तिज गीत विवादमा तानिएको छ । औपचारिक रुपमा गीतको म्युजिक भिडियो सार्वजनिक नहुँदै गीतमा भएको शब्द चयनको विषयमा विवाद सृजना भएको हो । 

आलेले यस वर्षको तिजका लागि मादलु घन्काउँदै बोलको गीत ल्याउँदै छिन् । असार ३० गते आलेको युट्युब च्यानलमा गीतको अडियो भर्सन सार्वजनिक भएको थियो । उक्त गीतको भिडियो शुक्रबार दिउँसो २ बजे मात्रै सार्वजनिक भएकाे छ । तर, गीत सार्वजनिक हुनुअघि नै विवादमा आले तानिएकी छन् । 

Global Ime Bank

उक्त भिडियोका कम्पोजर गोविन्द भट्टले म्युजिक भिडियोको केही क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । गीतको एउटा टुक्कामा श्रीमान् विदेश भएका महिलाहरूलाई परपुरुषगमनमा लागेको सन्देश दिने भाव उल्लेख छ ।

‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन तेस्का बाजे तीन महिने सुई लाउँछे...मादलु घन्काइदेउ ।’ 

१० मिनेटको म्युजिक भिडियोको आठौँ मिनेटमा यो टुक्का समावेश गरिएको छ । यो भिडियो गरिमा फिल्म्स्ले बजारमा ल्याउँदैछ । 


आले दोहोरी ब्याटलबाट चर्चामा आएकी गायिका हुन् । विवादका बीच उनका गीतहरू युवा पुस्तामा लोकप्रिय छन् ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा आएको भीषण बाढीका कारण चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । क्षतिको असरस्वरूप झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी हेरफेरको छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक आज मंगलबार बस्दैछ।
भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा...