नेभिगेशन
सबै कुरा

उडिसा घटनाबारे चन्द्र भण्डारीः ‘तिमी छौ भन्ने परिचय देऊ न सरकार’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले उडिसा घटनामा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । मङ्गलबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै नेता भण्डारीले उक्त घटनामा सरकार भएको परिचय दिन सरकार चुकेको उनले बताएका छन् । 

उडिसामा रहेका विद्यार्थीहरू जहाज लिएर गएर ल्याउन भन्दै भण्डारीले तत्पश्चात मात्रै विश्वविद्यालयसँग कुरा गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘चार वटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन रु कसले रोकेको छ रु’ भण्डारी भन्छन् ‘तब, विश्वविद्यालयसँग कुरा हुन्छ । तिमी छौ भन्ने परिचय देऊ न सरकार ।’

उडिसाको किट विश्वविद्यालयमा गत आइतबार एक नेपाली छात्राको शङ्कास्पद मृत्यु भएको थियो । बुटवलकी छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे आवाज उठाएको भन्दै क्याम्पसले उक्त विश्व विद्यालयमा पढ्ने १५ सय नेपाली विद्यार्थीलाई कुटपिट गर्दै निस्कासन गरेको थियो ।

क्याम्पसको होस्टलबाट निस्कासन गरेर रेल तथा बस पार्कमा लगेर छाडिए पछि नेपाली विद्यार्थीहरूले उद्धारको माग गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्