काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । भण्डारीले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का भण्डारीले पुनः दोस्रो कार्यकालका लागि मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
यसपटककाे सरकारमा सहभागी भएर मन्त्री बनेसँगै उनकाे याे २० औँ कार्याकाल हाे ।