नेभिगेशन
सबै कुरा

निर्माण सुरु भएकाे २३ वर्षपछि बनेकाे बाग्लुङकाे बसपार्क उद्घाटनको भोलिपल्टै सुनशान !

बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै  सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए ।

बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । “बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उनले आश्चार्य व्यक्त गर्दै भने, “नगरले सुरक्षा दिनुप¥यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।” 

Global Ime Bank

बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।” उनले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए । 

निर्माण प्रक्रिया सुरुवात गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु आठ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय...
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।