नेभिगेशन
सबै कुरा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडाै । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियाको बटलरमा भएको कार्यक्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो । 

अन्तर्राष्ट्रिय संचार संस्था बिबिसीका अनुसार एक राजनीतिक र्‍यालीमा सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण भएको हो । आक्रमणकारीले चलाएको गोली उनको कानमा लागेको छ । गोली लागेपछि स्टेजमा लुकेका उनले आफूमागि गोली प्रहार भएको बताएका छन् । 

Global Ime Bank

ट्रम्पमागि आक्रमण गर्ने एक पुरुष आक्रमणकारीको 'यूएस सिक्रेट सर्भिस' ले गोली प्रहार गरी हत्या गरेको बिबिसीले जनाएको छ । गुप्तचरका अनुसार आक्रमणकारीले र्‍यालीमा सहभागी एक दर्शकको हत्या गरेको छ, र अन्य दुई जना गम्भीर घाइते भएका छन्।

गोली प्रहारपछि ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। 

त्यस्तै राष्ट्रपति जो बाइडनले समेत आफूले ट्रम्पसँग संवाद गरेको र हत्या प्रयासको निन्दा गरेका छन् । त्यस्तै उनले ट्रम्प सुरक्षित रहेको बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...