नेभिगेशन
सबै कुरा

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएकोप्रति आपक्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।’ 


Global Ime Bank

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको अनुन्सन्धान भने सत्ता र शक्तिको आडमा प्रभावित भएको छ । 

काठमाडौँ महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान  भएको छैन ।   

सांसदलाई कारबाही नगरिएपछि बालेनले लेखेका छन्, ‘उहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ । 

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु ,

सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ । 

सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ? कि नसमाउने ?’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै आएको रास्वपाले अडानबाट पछि नहट्ने र संसदमा विरोधका थप कार्याक्रम गर्ने जनाएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।
रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

‘यो राज्य जनताका लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो, माननीय सभामुख महोदय ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर बेचबिखन गर्ने, तस्कर गर्ने...
ठुला दल र साना दलको संसद्मा बराबर हैसियत छ, जबरजस्ती संसद् नचलाइयोस् : राप्रपा

ठुला दल र साना दलको संसद्मा बराबर हैसियत छ, जबरजस्ती संसद् नचलाइयोस् : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा सबै दल र सांसदको बराबर हैसियत हुने भएकाले कुनै दल र सांसदको सहमतिबिना संसद् बैठक नचलाउन आग्रह गरेका छन् । संसद्को...