नेभिगेशन
सबै कुरा

विभिन्न भ्रष्टाचारका प्रकरणलाई लुकाउन रविलाई पक्राउ गरिएको भन्दै बेल्जियममा प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै बेल्जियममा प्रदर्शन भएको छ । स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले विभिन्न भ्रष्टाचारका प्रकरणलाई लुकाउन रविलाई पक्राउ गरिएको बिहिबार प्रदर्शन गरेको हो । 

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको बताएपनि लामिछानेलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह भएको उनीहरुको ठहर छ । त्यस्तै सरकारको प्रतिशोधपूर्ण सो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाईडबडी, र अरबौं को जग्गा दान प्रकरण लाई ओझेल मा पार्न गरिएको षडयन्त्र को रूपमा लिएको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले जनाएको । ‘सभापतिज्यू लाई बिना कारण र बिना आधार गिरफ्तार गरेर सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्ने लाई उन्मुक्ति दिने षडयन्त्र चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । हामीले यो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाईडबडी, र अरबौं को जग्गा दान प्रकरण लाई ओझेल मा पार्न गरिएको षडयन्त्र को रूपमा बुझेका छौं ।यसै बिषयलाई लिएर पूर्व उपप्रधान तथा गृहमन्त्री रहिसक्नु भएका एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति हाम्रो घोर आपत्ति रहेको छ ।’, सम्पर्क मञ्चले सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ । 

Global Ime Bank

त्यस्तै अनुसन्धानका नाममा सरकारले रवि लामिछानेमाथि गरेको अन्यायले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको र सो कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्ने उनीहरुको धारणा छ । सम्पर्क मञ्चले अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानविपरित रहेको बताउको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा आएको भीषण बाढीका कारण चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । क्षतिको असरस्वरूप झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी हेरफेरको छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक आज मंगलबार बस्दैछ।
भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा...