नेभिगेशन
सबै कुरा

धरौटीमा छुटेलगत्तै पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । 


बिहीबार काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफुलाई पुन पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसँग केहि बोल्न खोजेका थिए । तर प्रहरीले भने सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेपछि प्रसाईं यहि मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
रसुवागढीकाे मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

रसुवागढीकाे मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटकहरु तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल...
वाम एकाताका लागि विद्या भण्डारी राजनीतिमा फर्कीनु सकारात्मक : झलनाथ खनाल

वाम एकाताका लागि विद्या भण्डारी राजनीतिमा फर्कीनु सकारात्मक : झलनाथ खनाल

उनले रवि लामिछाने राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे ।
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी...