सुन तस्करको फ्याक्ट्रीका सामान गनेर विमानस्थल भन्सारका कर्मचारीमाथि पुनः अनुसन्धान हुने

विष्णु ढुंगाना
काठमाडौँ । सुन तस्करको मतियार भएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विभिन्न समयमा काम गरेका सबै कर्मचारीमाथि पुनः अनुसन्धान हुने भएको छ । 

सुनको अवैध तस्करी तथा पैठारी नियन्त्रण सम्बन्धमा सरकारले गठन गरेको ४ सदस्यीय जाँचबुझ आयोगको सिफारिसपछि उनीहरूमाथि पुनः विस्तृत अनुसन्धान हुने भएको हो । 

आयोगले १ चैतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवदेनअनुसार विभिन्न समयमा भन्सारको एक्सरे, माल वस्तु जाँचपास लगायतको तीन वटा फरक फरक भूमिकामा रहेका र भन्सारको नेतृत्व गर्नेसम्मका कर्मचारीले गम्भिर लापरबाही गरेको उल्लेख गरेको छ । 

सुन भनेर चिनिने एक्सरे प्रणाली जडान भएकै अवस्थामा ति कर्मचारीहरूले भन्सारबाट सुनको जाँचपास गराएको आयोगको प्रतिवेदनमा किटान गरिएको छ । ‘सुन भनेर थाहा हुने प्रणाली जडान भएकै अवस्थामा कार्गोबाट सुन जाँचपास हुनै नसक्ने अवस्था थियो,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘तर, गम्भिर लापरबाही वा मिलोमतोमा सुनको जाँच पास भएको देखियो ।’ 

आयोगकाअनुसार एक्सरे मात्रै नभएर मूल्याङ्कन, भौतिक जाँच लगायतका भन्सारका विभिन्न चरणहरुबाट पनि सुन पहिल्याउन सक्ने भए पनि त्यसो नगरिएको ठहर छ । 

आयोगको अनुसन्धानमा कार्गोबाट सुनको जाँचपास हुन नसक्ने यकिन भएको भएपनि समय अभावका कारण भन्सारका कर्मचारीहरूमाथि अनुसन्धान गर्न नसकिएको उल्लेख छ । 

राजश्व अनुसन्धान विभागबाट अनुसन्धान खोसेर लगेपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबी ले समेत भन्सारका कर्मचारीहरूमाथि कमजोर अनुसन्धान गरेको प्रतिवेदनको ठहर छ । 

‘सुन तस्करीमा विमानस्थल भन्सार र कर्मचारीको भूमिकामा गम्भिर लापरबाही देखिएको छ, उनीहरूमाथि पुनः र निरन्तर अनुसन्धान गर,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘सुन तस्करले सुन पगाल्न र त्यसको भण्डारण गर्न प्रहरीका विभिन्न कार्यालय नजिक राखेको गोदाममा भेटिएका वस्तु र सो वस्तु आयात भएको नाका र जाँचपासको मूल्याङ्कन गरेर पुनः र निरन्तर अनुसन्धानको जरुरी छ ।’ 

आयोगका अधिकारीहरूले सुन तस्कर समूहले आयात गरेको सुनसहितका वस्तुहरूको गोदाम र त्यसबाट सुन पगाल्न प्रयोग गरिएको बालुवाटार, टोखा र बुढानीलकण्ठ गोदामको पनि स्थलगत अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ । ति गोदाममा फेला परेका वस्तुहरूको अध्ययन गर्दा एसीको कुलर देखि रेडियोको स्पीकर, पानी तान्ने मोटर लगायतका दर्जनौँ उपकरणभित्र सुन राखेर भित्र्याइएको थियो । 

‘कार्गोबाट सुन आयात गर्नु आफैँमा ठूलो जोखिमको कुरा हो,’ आयोगका एक अधिकारी भन्छन्, ‘एक वस्तुको भन्सार घोषणा गरेर अर्कै वस्तुको आयात गरिनु र त्यो सुन भएको थाहा नहुनु गम्भिर अनुसन्धानको विषय हो ।’

बि.स. २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक प्याडमा  तस्कर समूहले सुन लुकाएर ल्याएको थियो ।

भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले सुनसहितको ब्रेक प्याड नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको थियो । रेडी ट्रेडर्स नामक कम्पनीले हङकङबाट क्याथेप्यासेफिक एयरलाइन्सको कार्गोबाट आयात गरिएको ब्रेक प्याड गाल्दा ६१ किलो ७ सय ग्राम २४ क्यारेटको सुन रहेको पुष्टि भएको थियो । 

अवैध सुनको अनुसन्धान कै क्रममा रेडी ट्रेडर्स प्रालिले छोटो समयमै २२ पटक शंकास्पद वस्तु आयात गरेको देखिएको थियो । यस्तै, अन्य विभिन्न कम्पनीहरूले पनि तस्करको गोदाममा सुन पुर्याउन छद्म नाममा कयौं वस्तु आयात गरेको अनुसन्धानमा भेटिएको थियो । 

सीआइबीले अनुसन्धान सकेर मुद्दा बुझाउँदा तस्कर समूहले  ३६२ किलो ७७२ ग्राम सुन तस्करी गरेको भन्दै ३ अर्ब ५० करोड बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । तर, ति सुनको भन्सार जाँचपास कसरी भयो भन्ने विषयमा सीआइबीले विस्तृत अनुसन्धान नगरेको सुन तस्करी नियन्त्रण सम्बन्धी उच्चस्तरीय आयोगको ठहर छ ।

सीआइबीले विमानस्थल भन्सारका ८ जना कर्मचारीविरुद्ध मात्रै मुद्दा दायर गरेर अन्य कर्मचारीलाई जोगाएको देखिएको आयोग स्रोतको भनाई छ ।

सीआईबीले नै गर्नेछ विस्तृत अनुसन्धान

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी तस्करी सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोगले १ चैतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई तस्करी प्रकरणमा गम्भिर लापरबाही भएको विवरणसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझेसँगै सरकारले सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्य सहितका उच्च अधिकारीलाई जिम्मेवारीबाट सरुवा गरेर प्रतिवेदन कार्यन्वयन अघि बढाएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार सीआईबीको प्रमुखमा एआईजी श्याम ज्ञवाली खटाएसँगै प्रतिवेदनको कार्यन्वयनको पूर्ण जिम्मेवारी दिइएको छ । 

‘प्रतिवेदनमा औंल्याएको कैफियतका आधारमा विस्तृत अनुसन्धानको जिम्मेवारी मन्त्रीज्यूले सीआईबीलाई दिनु भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘सुन तस्करीमा संलग्न भन्सारका कर्मचारी र संयन्त्रमामाथि ओहदा नहेरी विस्तृत अनुसन्धान अघि बढ्छ । तस्करको फ्याक्ट्रीमा भेटिएको सामानको आयात विवरण हेरेर अनुसन्धान हुन्छ ।’

भन्सारले चाहेको खण्डमा कुनै पनि हालतमा सुनको अवैध तस्करी हुन नसक्ने कुरालाई ध्यानमा राखेर विस्तृत अनुसन्धान हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||