काठमाडाैँ । चिकित्सा शिक्षामा अनियमितता जवाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले बुधबार ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् । प्रतिवेदनले दोषी देखिएकाहरुलाई कानुन बबमोजिम कारबाही गर्ने सिफारिस गर्ने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।
जसअनुसार त्रिभुवन विश्व विद्यालयका तत्कालिन उपकुलपतिसहित कार्यकारी परिषद्का सबै पदाधिकारीहरु दोषी देखिएको पाइएको छ ।
यि हुन त्रिविका दोषी परिषद पदाधिकारीहरु
१. अध्यक्ष, डा.तीर्थराज खनिया, उपकुलपति, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
२. सदस्य, डा. सुधा त्रिपाठी, रेक्टर
३. सदस्य, डिल्ली उपे्रती, रजिष्ट्रार
४. सदस्य, रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय
५. सदस्य, डा. ताराप्रसाद सापकोटा, डिन, कानून संकाय
६. सदस्य, राजेन्द्र पौडेल
७. सदस्य, हरि पराजुली