नेभिगेशन
सबै कुरा

बबरमहलमा फुटेको खानेपानी पाइप मर्मत गरियाे

काठमाडाैँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत गरिएको छ । 

बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो । सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातीदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।

पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । मर्मत पूर्ण रुपमा सकिएपछि परिक्षण गरि पानी वितरण प्रक्रिया सुरु गर्ने केयूकेएलले जानकारी दिएको छ ।

विद्युत्का तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो । जसले विषेश अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । बिहीबार पानी छिरेका सरकारी कार्यालयहरुमा सफाइको काम गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्