नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्री नियुक्त, सपथ आजै

दाङ । लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्रीहरू नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

नियुक्त हुने मन्त्रीहरुमा दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमेश्वर ढकाल र रत्नबहादुर खत्री रहेका छन्।

त्यस्तै यसअघि नै नियुक्त भएका ३ मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसमा भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, देपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्रालय र चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जम्मेवारी पाएका हुन्।

नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्