काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रले दिएको सुझाव अनुशरण गरेको बताए ।
विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको र सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार वर्ष घोषणा भएको ढकालले बताए । यस्तै, महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको र सोहीअनुसार कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको ढकालले बताए ।
वैवाहिक पर्यटनतर्फ एमाआईसीई पर्यटन, हिल स्टेसन विकास गर्ने विषय सकारात्मक भएको ढकालले बताए । सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना बजेटमा उल्लेख भएको उनको भनाई छ ।
निजी क्षेत्र प्रवर्द्घनको विषयलाई पहिलो प्राथमिकतामा समेटिएको भन्दै उनेले यसको कार्यान्वयन राम्रोसँग भएको खण्डमा ६ को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव हुने ढकालले बताए ।
राजश्वमा भएको परिवर्तनका अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने ढकालले बताए ।