नेभिगेशन
सबै कुरा

राजनीतिक जालझेलको विरुद्ध उभिन जनतालाई रास्वपाको आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।

शुक्रबार बेलुकी लामिछाने पक्राउपछि कार्यवाहक प्रवक्ता  मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति माथि धरपकड गरिनु गलत भएको रास्वपाको ठहर छ ।

न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको अवस्थामा राजनीतिक प्रतिशोधको कार्य कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ’ विज्ञप्तिमा भनिएको छ,  ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत रास्वपाले आरोप लगाएको छ।

‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्  हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ । उसले राजनीतिक जालझेलको विरुद्ध उभिन समेत जनतालाई विज्ञप्तिमार्फत आह्वान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

बैठकले लुम्विनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्विनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगाएतका बिषयलाई सदनममा लैजाने निर्णय गरेको छ भने प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग...
स्थानीय कच्चा पदार्थको प्रयोग गर्न पाउनुपर्ने माग राख्दै, मझुवागढी नगरपालिकाका मेयर भट्टराई अनसनमा

स्थानीय कच्चा पदार्थको प्रयोग गर्न पाउनुपर्ने माग राख्दै, मझुवागढी नगरपालिकाका मेयर भट्टराई अनसनमा

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।  उनले पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ, प्रकृतिको विनास हैन,...
स्थानीय कच्चा पदार्थ प्रयोगको माग गर्दै खोटाङका मेयरले माइतीघरमा बाँस बोकेर सुरु गरे सत्याग्रह

स्थानीय कच्चा पदार्थ प्रयोगको माग गर्दै खोटाङका मेयरले माइतीघरमा बाँस बोकेर सुरु गरे सत्याग्रह

सिंहदरबारको को दक्षिण गेट अगाडि केश मुन्डन गर्ने भनि पुगेका उनि  निषेधित क्षेत्र भनि प्रहरीले नियत्रण लिएर माइतिघरमा छाडी दिएको हो । उनि अहिले माइतीघर मण्डला पुगि सत्याग्रह...
जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तरराष्ट्रिय ऐक्यबद्धता आवश्यकः उपसभामुख राना

जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तरराष्ट्रिय ऐक्यबद्धता आवश्यकः उपसभामुख राना

आज चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको कार्यक्रम ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका प्रमुखको हैसियतले उपसभामुख रानाले विश्वजलवायु परिवर्तनमा...