साथीहरुको लहैलहैले ३ महिनामै उजाडिएकाे ‘राधे र अस्मिताको प्रेम’

लक्ष्मण गिरी

काठमाडौँ । आइतबार मध्यराति इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा एउटा फोन आउँछ । ‘मेरो छोरीलाई ज्वाइँले मरणासन्न हुनेगरि कुटपिट गरेर अर्धचेत अवस्थामा घरबाहिर ल्याएर राखी फरार भएका छन् ।’

प्रहरीलाई उक्त फोन धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियाबाट गरिएको थियो । उक्त फोन पछि जानासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कुमार कार्कीको नेतृत्वमा प्रहरी टोली पकडियातर्फ हुइँकियो । प्रहरीले अन्य स्थानका प्रहरीलाई समेत फरार भनिएका ज्वाइँको खोजीकार्यका लागि सर्कुलर गर्यो । 

घटनास्थल पुगेको प्रहरीले सख्त घाइते भएकी अर्धचेत अस्मिता शर्मालाई परिवारको सहयोगमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍यायो र उनका ज्वाइँ महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीको खोजीमा खटियो । चिसो रात, हुस्सुले नजिकै पनि नदेखिने मौसमले प्रहरीलाई खोजीका लागि सहज भएन । रातभर खोज्दा पनि राधे सहनी भेटिएनन् । 

प्रहरी सोमबार बिहानैदेखि पुन सहनीको खोजीमा जुट्यो । प्रहरीले अस्मिताको घरभन्दा करिब १ किलोमिटरको दूरीमा मोटरसाइकलको केही टुक्रा फेला पार्यो । त्यसकै वरिपरि सडक पनि कोरिएको फेला पर्यो । प्रहरीले सडकको वारीपारी सर्च अपरेशन चलाउँदा गहुँ खेतमा सहनी र उनले चलाएको मोटरसाइकल लडिरहेको भेटियो । मदिरा गन्हाइरहेको उनको शरीर पल्टाउँदा उनी मृत थिए तर उनको शरीरमा कतै चोट भने थिएन । 

तस्विर : मृत अवस्थामा फेला परेका राधे सहनी र उनले चलाएको मोटरसाइकलको टुक्रा

प्रहरी घटनाबारे थप बुझ्न अस्मिताको घरमा पुग्यो । अस्मिताको परिवारले उनका साथीहरू आएको बताएपछि अनुसन्धानका लागि प्रहरी ति साथीहरूको खोजीमा जुट्यो । 

प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार अस्मिता र राधे ३ महिना अघिमात्रै वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरूले प्रेम विवाह गरेका थिए । विवाहपछि उनीहरु करिब ६ किलोमिटर दूरीमा रहेको महेन्द्रनगरमा डेरामा बस्दै आएका थिए । आइतबार सहनी र अस्मिता माइतीघर आएका थिए । 

प्रहरीकाअनुसार अस्मिताको घर पुगेपछि राधे सहनीलाई धनुषाका  २ जना साथीहरूले ‘विवाहको पार्टी चाहियो’ भन्दै सम्पर्क गरे ।  राधेले पनि ‘हुन्छ, यहीँ ससुराली आएको छु, यहीँ आउ अनि सल्लाह गरौँला’ भनेर उनीहरूलाई ससुराली घर नै बोलाए । साथीहरू ससुरालीमै पुगेपछि त्यहाँ बस्न असहज हुने र आफूहरू बस्दै आएको डेरामै गएर रमाइलो गरौँ भन्दै राधेसहित उनका साथीहरू साँझ महेन्द्रनगर फर्किए । 

डेरामा गएर केही मात्रामा मदिरा पिएर रमाइलो गर्दा बेलुकीको ७ बजिसकेको थियो । उक्त समयमा राधे सहनी ‘श्रीमतीलाई लिएर आउँछु अनि थप रमाइलो गरौँला’, भन्दै साथीको मोटरसाइकल लिएर ससुरालीतर्फ लागे । 

बाटोमा जाँदै गर्दा महोत्तरीमा उनका २ जना साथीहरूले ‘तिमीहरू मात्रै रमाइलो गर्ने ?, हामीलाई पनि चाहियो’ भन्दै सम्पर्क गरेपछि उनी बाटोमै रोकिएर साथीहरूसँग पुनः मदिरा सेवन गर्छन् र कोठामा भएका साथीहरूलाई सम्पर्क गरेर अरु २ साथीहरू पनि थपिएको जानकारी गराउँछन् । त्यसपश्चात् थप रमाइलो कोठामै गर्ने भनेर साथीहरू लिएर श्रीमती लिन उनी ससुरालीतर्फ लाग्छन् ।

ससुराली पुग्दा मदिराले अनियन्त्रित भइसकेका श्रीमान देखेर अस्मिताले ‘यतै रमाइलो गर्नु, यतै खानु’ भन्दै श्रीमानसहित साथीलाई  आग्रह गर्छिन् । तर राधेले ‘अन्य साथीहरू पनि कोठामै भएका कारण उहीँ पुग्नुपर्ने’ जिद्दी गर्छन । श्रीमानले नमानेपछि अस्मिताले भिनाजुलाई आफूलाई ‘कोठासम्म पुर्याउन’ अनुरोध गर्छिन् । तर भिनाजुले पनि ‘श्रीमान हुँदाहुँदै आफूले पुऱ्याउँदा उनले गलत सोचाइ राख्ने’ भन्दै इन्कार गर्छन् । 

त्यसपश्चात् अस्मिता श्रीमानकै पछाडि मोटरसाइकलमा चढेर कोठातर्फ लाग्छिन् । राधेका साथीहरू पनि उनीहरूसँगै अर्को मोटरसाइकलमा बसेर महेन्द्रनगरतर्फ लाग्छन् । करिब एक किलोमिटर दूरी पार गरेपछि राधेले चलाएको मोटरसाइकल दुर्घटनामा पर्छ । ‘सडक कोतरिएको देखिन्छ । मोटरसाइकल गएर बिजुलीको पोलमा ठोकिएर पार्टपुर्जा फुटेको देखिन्छ,’ प्रहरी निरीक्षक कार्कीले भने । 

प्रहरीका अनुसार उनीहरूसँगै अर्को मोटरसाइकलमा आएका राधेका साथीहरूले राधेलाई रक्सीले मातेको र छोडेपछि उठ्ने भन्दै दुर्घटनास्थलमा छोडेर अस्मितालाई भने माइती घरमा पुर्‍याएको बयान प्रहरीलाई दिएका छन् । 

‘घाउचोट लागेको छैन् । मदिरा पिएको छ, पछि रक्सीले छोडेपछि आफैँ उठ्छ भन्दै राधेलाई घटनास्थलमै छोड्यौँ । अस्मिताको भने शरीरमा चोट लागेर रक्तश्राव भएपछि आफ्नो मोटरसाइकलमा रगत चुहाउँदै अस्मिताको घर पुर्याएका हौँ।’ राधेका साथीहरूको भनाई उदृत गर्दै प्रहरी निरीक्षक कार्कीले भने, ‘दुर्घटनामा परेर गम्भिर घाइते भएकी अस्मितालाई घरबाहिर पुर्याइ कपडा ओढाएर, उनलाई त्यहीँ छोडेर साथीहरू आफ्नो घरतर्फ लागेका थिए ।’ 

यता राधे दुर्घटनामा परेपछि कोठामा उनले छोडेर आएका उनका साथीहरू अन्यौलमा परे । राधेलाई धेरै पटक फोन सम्पर्क गरे तर फोन उठेन । लामो समयको पर्खाइमा पनि राधे नआएपछि उनीहरु सोही बाटो पैदलै हिँड्दै राधेको ससुरालीतर्फ लाग्छन् ।

रातीको समयमा उनीहरु राधे र थपिएका साथीहरूलाई सम्पर्कको कोसिस गर्दै पैदल यात्रा नै अघि बढ्छन् । करिब ५ किलोमिटर यात्रा गरेपछि थपिएका साथीमध्य एकले फोन उठाएर ‘राधे दुर्घटनामा परेको र तिमीहरूको मोटरसाइकल त्यहीँ गहुँ बारीमा रहेको बताउँछन् ।’ त्यसपश्चात् घटनास्थल पुगेका उनीहरुले उक्त समयमा पनि राधेलाई गहुँबारीमा लडिरहेको देख्छन् । 

अघिका साथीहरूले झैँ उनीहरूले पनि ‘मदिराले छोडेपछि आफैँ उठ्छ’ भन्दै उनलाई त्यहीँ छोडेर मोटरसाइकल लिएर घरतर्फ लाग्छन् । ‘गहुँ खेतबाट उनीहरूले मोटरसाइकल निकाल्दा खेतमा मोटरसाइकलको पाङ्ग्राले बनाएको डाम प्रस्टै देखिन्छ,’ इन्स्पेक्टर कार्कीले घटनाबारे प्रष्टयाउँदै भने । दुर्घटनाबाट सख्त घाइते भएकी अस्मिताको पनि सोमबार राति उपचारकै क्रममा मृत्यु भएको छ । 

तस्विर:अस्पतालमा अस्मिता शर्माकाे शव 

नवविवाहित श्रीमतीसँग ससुराली आएका राधे साथीहरूको लहैलहैमा मदिराको लतमा लाग्दा आफू र श्रीमती दुवै जनाले गम्भिर दुर्घटना भोगे । जुन साथीहरूको रमाइलोका लागि राधेले आफू र आफ्नो परिवारलाई जोखिममा हाले अन्तिममा तिनै साथीहरूले उद्धार नगर्दा आफू र आफ्नो प्रेम नै गुमाए । 

घटनाबारे थप अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरू मदिरा  र खराब साथीको संगतले राधे र अस्मिता दुवैको अकालमा ज्यान  गएको बताउँछन् । अहिले प्रहरीले राधेका ३ जना साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले साथीले चलाएको मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ‘साथीहरूले दिएको बयान र घटना विवरणले राधे र उनको  श्रीमतीको मृत्यु दुर्घटनाबाट भएको देखिन्छ । तर मृतकको शव पोस्टमार्टमका लागि पनि पठाइसकेका कारण त्यसबाट पनि निष्कर्षमा पुग्न सहज हुन्छ,’ घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले सिधाकुरासँग भने । 

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||