नेभिगेशन
सबै कुरा
राष्ट्रिय सभा सदस्य निर्वाचन :

राष्ट्रिय सभा सदस्य निर्वाचनमा काे काे हुन्छन् मतदाता ? कसरी हुन्छ मतभार गणना ?

काठमाडाैँ । राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुन लागेको २० सिट मध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

Global Ime Bank

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै