नेभिगेशन
सबै कुरा

हामीले जोमाथि अनुसन्धान सुरु गर्यौँ, का‌ंग्रेस एमालेले उसैलाई मन्त्री पुरस्कार दियोः रवि लामिछाने

काठमाडौँ । पुर्व गृहमन्त्री समेत रहेका राष्टि«य स्वतन्त्र पार्टीका सभापतिले आफूहरुले आफ्नो कार्यकालमा जो जो व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान गर्यो तिनै व्यक्तिलाई सरकारले पुरस्किृत गरेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नदिने भन्ने विषयमा संसदमा बोल्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

‘सरकार सुरु हुने बितिक्कै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गित गाउँदै हुनुहुन्थ्यो । बाँसबारी छालाजुत्ताको अनुसन्धान चलिरहेको मान्छेको गीतको आवाज आयो बालकोटबाट । त्यहाँ हामीलाई शंकाको विषय आयो । त्यसपछि त्यहाँ मन्त्रीपरिषदको विषय आयो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो’, उनले भने, ‘नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रीमण्डलमा को गयो, संसद र देशलाई राम्रोसँग थाहा छ । हामीले बालमन्दिरको विषय उठायौँ, त्यहाँपनि पुरस्कार । बालमन्दिरको विषय उठिरहँदा, मन्त्रीमण्डलमा कसको सदस्य जानुभयोे, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित...
बारामा भएको घटना संवेदनशील छ, सरकारको ध्यानाकर्षण होस्ः रास्वपा

बारामा भएको घटना संवेदनशील छ, सरकारको ध्यानाकर्षण होस्ः रास्वपा

प्रवक्ता मनिष झाले कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराएका छन् ।
सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरिएको बारेमा जानकारी दिएका...
संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संवैधानिक परिषद् (काम, कतव्र्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२...