काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढेर तोलामै करिब डेढ लाख पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन २ गते सुनकाे मूल्यले रेकर्ड कायम गरेको थियो । सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको थियो ।
शुक्रबार चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।