नेभिगेशन
सबै कुरा

कुहिएको नरिवल बेचेको भन्दै भाटभटेनी सुपर मार्केटलाई २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई सो जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको महानगरका निरीक्षण अधिकृत अवधेश झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्