नेभिगेशन
सबै कुरा

सिधाकुरा डटकम विरुद्धको अवहेलना मुद्दाको फैसला भदौ ६ गते

काठमाडौँ । सिधाकुरा डटकम र यसका प्रकाशक तथा सम्पादक विरुद्धको मुद्दाको फैसला भदौ ६ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश नेतृत्वको ९ जनाको बृहत पूर्ण इजलासले बहश सकिएपछि भदौ ६ गतेलाई निर्णय सुनाउने आदेश गरेको हो ।

सर्वोच्चले त्यसअघि १५ दिन भित्र बहश नोट पेश गर्न पनि कानुन व्यवसायीहरुलाई आग्रह गरेको छ । बिहीबार प्रधान न्यायाधीश विश्मम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको बृहत पुर्ण इजलासमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल मुद्धाको सुनुवाइमा सहभागी भएका थिए ।

Global Ime Bank

सिधाकुराकातर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, ध्रुबलाल श्रेष्ठ, अधिवक्ताहरु बाबुराम अर्याल, डा.नारायण कंडेल, कपिलदेव ढकाल, शुलभ खरेल, मणिराम उपाध्याय, प्रदीप पोखरेल, राजेन्द्र दंगाल लगायतले बहस गरेका थिए ।

अदालतले आफैँ प्रतिवेदन उठाएर दायर गरेको अवहेलना  मुद्दामा अदालतको तर्फबाट नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार, महान्याधिवक्ताको कार्यालय केही कानुन व्यवसायीहरुले बहश गरेका थिए ।

सिधाकुरा डटकमले गत जेठ १४ गते ‘द डार्क फाइल’ नामक खोजमुलक समाचारको श्रृंखला प्रकाशन तथा प्रसारण गरेको थियो । उक्त समाचार प्रकाशनपछि सर्वोच्च अदालत प्रशासनले नै सिधाकुराविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि सर्वोच्चले सिधाकुराले प्रकाशन तथा प्रसारण गरेको सो शृखंलाका सबै समाचारहरु हटाउन आदेश गरेको थियो । अदालतको आदेशपछि सिधाकुराले सो समाचार सामग्रीहरु हटाएर कानुन प्रक्रियामा सहभागी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।
रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।
बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।
पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी...

भर्खरै