नेभिगेशन
सबै कुरा

घाइते अर्थमन्त्री र पाेखराका मेयर भेट्न किर्तिपुर पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री र पोखराका मेयर भेट्न प्रधानमन्त्री ओली किर्तिपुर पुगेका छन् । जलनबाट घाइते भएका उपप्रधान एव अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका हुन् । 

प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर सकेर प्रधानमन्त्री कीर्तिपुर  पुगेका हुन्।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्