नेभिगेशन
सबै कुरा

सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले ३४ अस्पताल र प्रयोगशाला लगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरेको हो ।  

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य निकायलाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिए । 

Global Ime Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरुमा  वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् । 

गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्थाअनुसार सार्वजनिक दिनमा पनि अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । 

सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्व अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

विश्व अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ९आइसिटी–१० ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ

इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई  थुनुवा पक्राउ परेका हुन् । उनीहरु जेनजी आन्दोलनका क्रममा  गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

एफएम रेडियोमा कार्यरत पत्रकारका लागि सोमबारदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उनले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याए ।