नेभिगेशन
सबै कुरा

प्रहरी कुटपिटमा संलग्न अनेरास्ववियुका नेता कमल जोशी पक्राउ

काठमाडौँ । ठमेलमा प्रहरीमाथि आक्रमण गरेको आरोप लागेका नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका एसपी अपिलराज बाेहराले जाेशी पक्राउ परेकाे पुष्टि गरे । 

माघ २४ गते गते ठमेलमा ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि आक्रमण भएको थियो । उक्त घटनामा अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रमेश फुलारा र दिनेश सिग्देललाई प्रहरीले पक्राउ गरिसकेको छ । 

त्यस्तै अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । 

तर सिसिटिभीमा देखिएका कमल जोशीलाई प्रहरीले फरार सूचीमा राखेको थिएन । एमाले निकट जोशीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले पक्राउ गर्न निर्देशन दिएका थिए । र अहिले जोशी पक्राउ परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्