नेभिगेशन
सबै कुरा

‘...जब म अपहरणमा परे बचाई दिनुस् भन्दै फोन आयो’(अडियो रेर्कड सहित )

अपरान्ह  साढे ३ बजे सिधाकुराका सुरक्षा सम्वाददाता उत्तम प्याकुरेललाई एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन गने व्यक्ति महिला थिइन् । उनले ‘आफू अपहरणमा परेर एक घरमा बन्धक बनाइएको र अहिल्यै उद्धार नभए राति दक्षिणकाली लैजाने भनेका छन्’ भनिन् । 

त्यसपछि सिधाकुरामा उनको फोन रेकर्ड गरियो र घटना विवरण सोधियो । फोनमा ति महिलालले बताएअनुसार उनको नाम सृजना खत्री हो । उनी अहिले काठमाडौँको कोटेश्वरमा बस्छिन् । वैदेशिक राेजगारीको एक लेनदेन विवाद पछि एक समूहले उनलाई उठाएर दक्षिणकाली नगरपालिकास्थि चन्नाखेल पुर्याएको उनले बताईन् । 

CG

‘म अहिले त्यो समूहको मानिसको महिला साथीको घरमा बन्धक छु ।  मलाई उद्धार गरिदिनुस् ’ उनले सिधाकुरासँग भनिन् ।यस अघि पनि आफ्रलाई तीनदिनसम्म होटलमा राखेर बन्धक बनाएको बताइन् ।

त्यसपछि हामीले उनको सम्पर्क नम्बर र उनले बताएको ठेगाना उपत्यका अपराध अनुसन्धान महाशाखा टेकुलाई पठायौँ । टेकुबाट प्रहरीको सिभिलसहितको विशेष टोली तत्कालै चन्नाखेलतर्फ परिचालन भयो । उक्त टोली सूचना आएको एक घण्टामै ति महिला रहेको घरमा पुग्यो । प्रहरीसँग समन्वय गरिरहेकी ति महिलाले दिएको लोकेशन पछ्याउँदै पुगेको प्रहरीसँग महिलाको भेट भयो । 

अहिले ति महिलाको सकुशल उद्धार भएको छ ।  बन्धक बनाइएकी महिला गर्भवती छिन् ।उनको स्वास्थ्य अवस्था पनि ठिक रहेको अपराध अनुसन्धान कार्यलयका अधिकारीहरुले बताएका छन् । अहिले घरमा बन्धक बनाएर राख्ने मध्येकी एक महिला पक्राउ परेकी छिन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । यो प्रकणमा को को संलग्न छन्  र उनीहरुको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्धक बनाइएकी महिला गर्भवती छिन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...