नेभिगेशन
पैसाका कुरा

रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोड माथि

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 

गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तैकम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ । कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ रसञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४०हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ छ । 

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपैयाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा त्यसमानिकै सुधार भएर १९.९५ रुपैयाँ पुगेको छ । रिलायन्स स्पिनिङ मिल्स देशको ठूलो एक निर्यातमूलक उद्योग हो । विद्युतको प्रिमियम महशुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपीओ रोकिएको थियो । 

भारतदेखि टर्कीसम्म बार्षिक अर्बौं रुपियाँको धागो निर्यात गर्दै पटक पटक उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत सम्मानित भएको यस उद्योगविरुद्ध पछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छवीमा समेत असर परेको उद्योगले जनाएको छ । यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेसम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपालधितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
मूल्य नपाउने पीरले दाङका किसानले खनेकै छैनन् अदुवा

मूल्य नपाउने पीरले दाङका किसानले खनेकै छैनन् अदुवा

गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण...
सहकारीमार्फत गुल्मीमा मकैको पीठो बजारीकरण गरिदैं

सहकारीमार्फत गुल्मीमा मकैको पीठो बजारीकरण गरिदैं

बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...