काठमाडौँ । काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानका बम राखेको सूचनापछि सर्च अपरेसन सुरु गरिएको छ । विमानस्थलका एक कर्मचारीका अनुसार नेपाली सेना र नेपाल प्रहरीले संयुक्त टोलीले अहिले खोजी गरिरहेको छ ।
पौने ४ बजेको उडान तालिका रहेको एयर इन्डियाको उक्त जहाजमार्फत १५९ जना दिल्ली उड्दै थिए । बमको सूचनापछि अहिले विमानस्थलमा सुरक्षा निगरानी बढाइएको छ ।
यसअघि पनि कात्तिक ६ गते भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना आएको थियो। दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टामै बम रहेको सूचना पछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरी उडान गराइएको थियो ।