काठमाडाैँ: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिने धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु पछिल्लो समय बढुवाको विषयलाई लिएर आन्दोलनरत थिए । उनीहरुले प्रतिष्ठानका नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको ७ वर्षदेखि बढुवा रोकिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बुधबार मन्त्रालयमै भेटेर राजीनामा बुझाएका हुन् ।
उनीहरुले हिजो नै स्वास्थ्यमन्त्रीलाई भेटेर आफूहरुको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरु आफूले मन्त्रीलाई नै भेटेर ज्ञापनपत्र बुझाउँदसमेत मन्त्रीले समस्या समाधानमा तदारुकता नदिएको भन्दै बुधबार राजीनामा दिएका हुन् ।