नेभिगेशन
सबै कुरा

यी हुन् फागुन २० गतेबाट कार्यकाल सकिने राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्य

काठमाडाैँ । ६ वर्ष अघि गोला प्रथाबाट ६ वर्षे कार्यकाल पाएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित २० जनाको फागुन २० गते कार्यकाल सकिदैछ । 

राष्ट्रिय सभाबाट बिदा हुनेमा नेकपा एमालेका दीपा गुरुङ ( गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल रहेका छन् । 

Global Ime Bank

राष्ट्रिय सभाबाट बिदा हुन सांसदहरुमा नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं  (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)पनि राष्ट्रिय सभाबाट  बिदा हुँदैछन् ।

यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ । बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै