नेभिगेशन
सबै कुरा

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । 

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय श्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए । 

पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेकम थिए । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए । 

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उनले बताए।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उनले जानकारी दिए । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् । 

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’  जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने...
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे
त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

नयाँ जिम्मेवारी पाएका कोइरालाले अझै आफ्नो योजना कार्यान्वयन गर्न नपाउँदै गृह मन्त्रालयले फेरि उनलाई हटाएको हो। अब विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई दिइएको...