नेभिगेशन
सबै कुरा

पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

वीरगंज । पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसिहानी टोल नजिकको सिक्टा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मामाघर आएका बेला आमासँग ऋषिपञ्चमी नुहाउन उनीहरु गंगोल नदी गएका थिए । सोही बेला खोलामा पसेका उनीहरुको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरूमा भारतको बेनिया बनकटका १० वर्षीय गुलसन ठाकुर हजाम र भारतको सिक्टाका ८ वर्षीय अविषेक पटेल रहेका छन् । दुवै बालक हाल मामाघरमा बस्दै आएका थिए ।

Global Ime Bank

प्रहरीले दुवै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

उपभोक्ता अदालतको निर्णयविरुद्ध नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलनमा उत्रिएपछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन्।
प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी...
१५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

१५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु  एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो...