२३ वर्षपछि फेला पर्यो भू–माफियाले किर्ते गरेर विक्री गरेको केडिया परिवारको सवा अर्ब मूल्य बराबरको जग्गा

जियालाल साह

वीरगंज । वीरगंजमा एक व्यक्तिको करिब सवा अर्ब रुपैयाँ बराबर मूल्य पर्ने जग्गा भूमाफियाले किर्ते गरेर विक्री गरेको २३ वर्षपछि खुलासा भएको छ । वीरगंजका व्यापारी प्रदीप केडियाको हजुर आमाको नाममा रहेको मध्ये वीरगंजको ११ कठ्ठा ६ धुर जग्गा २०५८ सालमा सरकारले अधिग्रहण गरेको भनी चुप बसेका जग्गा धनीको सम्पत्ति बिचौलियाहरुले आफ्नो नाममा हत्याएर विभिन्न व्यक्ति र संस्थाहरुलाई विक्री गरेको खुलेको हो ।

२३ वर्षअघि गरिएको किर्तेबाट बिचौलियाले विक्री गरेको उक्त जमिन पटक–पटक विक्री भएर अहिले विभिन्न व्यक्ति हुदैँ नेबिल बैंक, एन.आई.सी.एसिया बैंक, एभरेष्ट बैंक, माहालक्ष्मी विकास बैंक, पुजन होटल, कन्ट्रीइन होटल र महालक्ष्मी डेकोरेशन रहेको घरधनीका नाममा आइपुगेको छ । प्रारम्भिक अनुसन्धानमा तत्कालिन प्रशासनले जग्गा धनी रुकमनी देवी केडियालाई सरकारले उक्त जग्गा अधिग्रहण गरेको भनी नक्कली कागजात बनाएर दिइएको र नापी र मालपोतको मिलोमतोमा बिचौलियाले नक्कली नापी र श्रेष्ता कायम गरेर स्वबासी दर्ता कायम गरी जग्गा दर्ता गरेर विक्री गरेको देखिएको छ ।

अदालतमा मुद्दा परेको अर्कै एक जग्गाको अभिलेख खोजी गर्ने क्रममा किर्ते गरिएका जग्गाहरु फेला परेपछि केडिया परिवारले आफ्नो जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ । 

‘बैंक, होटल जस्ता संस्थाहरुले आफ्नो सम्पत्ति भनेर भोग गरिरहेको जमिन रुकमनीदेवी केडियाको नाममा देखियो । अन्य जग्गाहरु पनि यस्तै भएको पाइयो,’ जग्गा सम्बन्धमा पछिल्लो विवरण हेरेका एक सरकारी अधिकारीले सिधाकुरासँग भने । बैंक, होटलले आफ्नो सम्पत्ति भनेर भोगचलन गरिरहेको जग्गा रुकमनीदेवी केडियाको नाममा २०२३ सालदेखि श्रेष्ता कायम रहेको र २०५८ सालसम्म तिरो तिरेको पाइएपछि त्यस प्रकारका जग्गाको खोजी सुरु भएको थियो ।

रुकमनीको नाममा रहेको जग्गाको अरुले नै लालपूर्जा बनाएको विषयमा मालपोतको विवरण हेर्दा तत्कालिन वीरगंज नगरपालिकाको वडा नं. ५ मा रहेको जग्गालाई भिडाएर शम्भु प्रसाद कलवार (लक्ष्मी सुमेश्वर) ले तत्कालिन एक नम्बर गोश्वाराबाट स्वबासीमा नाम आफ्नो नाममा पारेर विक्री गरेको खुलेको छ । नापी कार्यालयका नापी अधिकृत दिपक कुमार सिंहले जग्गाबारे विस्तृत बुझ्ने प्रक्रिया सुरु गरिएको बताए । ‘के कति फिल्डमा भोगचलन गरेको छ नापी नक्सा गरेर पठाउन मालपोतले पठाएको पत्रको अधारमा आवश्यक प्रक्रिया सुरु गरिसकिएको छ,’  सिंहले भने । 

यता बिहीबार सर्वे गरेर प्रतिवेदन दिनुपर्ने भनी जिम्मेवारी तोकिएका सर्वेक्षक संजय झाले नाप नक्साको काम आज स्थगन भएको बताए । ‘मालपोत कार्यालयलाई हामीले समन्वयका लागी चिठी लेखेका थियौँ । मालपोतले समन्वय नगर्दा हामीले अहिलेको लागी स्थगन गरेका छौँ,’ उनले भने । मालपोत कार्यालयबाट समन्वय गरेर चाँडै अर्को मिति तोक्ने पनि सर्वेक्षक झाले बताए ।


आदर्श नगर विकास समितिको नाममा खेलो 

बि.स.२०२९ सालमा सरकारले आधुनिक शहर बनाउन भन्दै पर्साका तत्कालिन विभिन्न गाउँ पञ्चायतलाई जोडेर शहरको नयाँ अवधारणा अघि सारेको थियो । यो आयोजना कार्यन्वयनका लागि आदर्शनगर विकास समिति पनि गठन भएको थियो । समितिको मुख्य उद्देश्य थियो सुन्दर र आधुनिक वीरगंज शहरको खाका तयार गर्नु, जग्गाको व्यवस्थित कित्ताकाट गर्ने र सहरी पूर्वाधार आर्कषक बनाउनु ।

योजना स्वरुप पहिले सरकारले व्यक्तिको जग्गा मुआब्जा दिएर अधिग्रहण गर्ने, उक्त परियोजनामा आवश्यक सार्वजनिक पूर्वाधार तयार गर्ने र कित्ताकाट छुट्टयाएर सार्वजनिक महत्वको क्षेत्र खाली राखेर पुनः आवासिय प्रयोजनका लागि प्लटिङको जग्गा व्यक्तिलाई नै विक्री गर्नु ।

सो उद्देश्यका साथ सरकारले २०५४ देखि ५५ साल अर्थात दुई वर्ष लगाएर कुल ८ बिगाह ९ कठ्ठा साढे ७ धुर जग्गा अधिग्रहण ग¥यो । यसरी अधिग्रहण भएको जग्गामा तत्कालिन श्रीपुर वडा नम्बर ९ (हाल वीरगंज महानगर १०) अन्तर्गतका जग्गाहरु थिए । सोही क्रममा अधिग्रहणका लागि जग्गा दिने मध्येकी थिइन् पर्साकी रुकमनी देवी केडिया । 

अधिग्रहण गरिएको क्षेत्रको उनको जमिन नजिकै आदर्श नगर बसपार्क, राष्ट्रिय वाािण्ज्य बैंक, शम्भुनारायण मन्दिर क्षेत्र विस्तार लगायतका कार्य गर्ने भनिएको थियो । सरकारले अधिग्रहण गरेको भनेर रुकमनीको घरमा तत्कालिन स्थानीय प्रशासनबाट पत्र पनि गयो । पहिल्यैदेखि वीरगंजमा प्रशस्त जग्गा भएको सो परिवारले धेरै जग्गा भएका कारण अधिग्रहणमा परेको जग्गाबारे खासै वास्ता गरेनन् । 

‘हाम्रो परिवार निकै ठूलो थियो । जग्गा पनि धेरै थियो । सरकारले अधिग्रहण गरेको भनेपछि हामीले वास्तै गरेनौँ,’ जग्गाका हकदार नाती प्रदीप केडिया भन्छन्, ‘तत्कालिन प्रशासनबाट पत्र पनि आएको थियो । तर, के थहा त्यो सबै किर्ते थियो भन्ने ?’ 


रुकमनीको जग्गा अधिग्रहण भएको छैन 

तत्कालिन श्री ५ को सरकारले २०२९ आश्विन २ गते नेपाल राजपत्रमा गृह पञ्चायत मन्त्रालयको सूचना जारी गर्दै त्यस क्षेत्रको जग्गा अधिग्रहणको क्षेत्रबारे खुलाइको छ । 

जसअनुसार वीरगंज नगर पञ्चायत वार्ड नं. ६ को पूर्व २ नं. रोड, पश्चिम १ नं. रोड, उत्तर कसुनी माडवारीको घर र पोखरी, दक्षिण सडक यति ४ किल्लाभित्रको किता नं. १८३.३९९ को बिरौरी रु. ७.५८ (सात रुपैयाँ अन्ठाउन्न पैसा) लाग्ने जग्गा ०–६–१ (छ कठ्ठा एक धुर) को कित्ता एक, साही पञ्चायतको वडा नं. ९ को पूर्व १ न. रोड, पश्चिम नाली, उत्तर पदमकृष्णको जग्गा, दक्षिणा सडक र नाली समेत यति ४ किल्लाभित्रको कित्ता नं. नभएको मालपोत मिनाहा भएको कलम ३ को घडेरी जग्गा ०–६–१० (छ कठ्ठा दस धुर) को कित्ता एक अधिग्रहण गरिएको छ । 

यस्तै, पञ्चायत वार्ड नं. २ को पूर्व १ नं. मूलसडक, पश्चिम सत्यनारायण सुनार, सिवेन्द्र विक्रम शाहहरु समेत जग्गा, दक्षिण पशुपति माडवारी तेल गोदाम पोखरा अब्दुल अहर महावीर माडवारी, भिखारी साह, राजा हुसेन, पैगम्वर रामबहादुर कालीप्रसाद, बंगाली मिया समेतको जग्गा, उत्तर महावीर प्रसाद, वृजगाल माडवारीको घर नाला र आदर्शनगरको सडक नाला र सीमानामा यति ४ किल्ला भित्रको मालपोत मिन्हा किता नं. नभएको ०–१७–४ (सत्र कठ्ठा चारधुर) र किता नं. १२८, १३६, १३७ को मालपोत रु. २३।७८ लाग्ने ०–३–६ (तीन कठ्ठा छ धुर) को किता एक अधिग्रहण भएकोे देखिन्छ । 

अहिले रुकमनीको जग्गा फोला परेको श्रीपुर गाउँ पाञ्चायत अन्तर्गत पनि तत्कालिन  वार्ड नम्बर ९ को पूर्व नाली पश्चिम आदर्श नगरको सीमाना नथुनी कानूको नम्बरी जग्गा, उत्तर घडिअर्वा पोखरा र अली सिसीया जाने गोरेटो बाटो, दक्षिण आदर्शनगरको नाली र सीमाना यति ४ किल्ला भित्रको किता नं. ३९, ४०, ६२, ६५, ६६, ६७, ६८, ७०, ७१, ७५, ७६, ७७, ७८, ७९, १२०, १२३, १२४, १३६, १३७, १३८, १२१, २४३, २४४, २४८, २४९, २६८, २८१, २८६, २९८ को मालपोत रु. २७५.०५ (दुई सय पचहत्तर रुपैयाँ पाँच पैसा) लाग्ने जग्गा अधिग्रहण गरिएको छ । जसको क्षेत्रफल पाँच विगाह, आठ कठ्ठा पौने सोह्र धुरको एक कित्ता छ । 

यसैगरी छपकैयाँ गाउँ पञ्चायत अन्तर्गत वार्ड नं. ८ को पूर्व नाली, पश्चिम आदर्शनगरको सीमाना, उत्तर आदर्शनगरको सीमाना, दक्षिण तेल गोदाम पोखरा पशुपति माडवारी, भिखारी साह, काली प्रसाद साह, पुरेन्द्र विक्रम साह समेत जग्गा यति ४ किल्लाभित्रको कित्ता नं. १४२, १७१, ,१७३, १७४, १७६, १७८, १८९ को मालपोत रु. ९२.७२ (बयानब्बे रुपैयाँ बहत्तर पैसा) लाग्ने जम्मा जग्गा विगाहा १–१६–७ (एक बिगाहा सोह्र कठ्ठा सात धुर) को कित्ता पनि अधिग्रहण भएको देखिन्छ । 

जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदपफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले वीरगंज आदर्शनगर निर्माण गर्नको लागि नारायणी अञ्चल पर्सा जिल्ला अन्तर्गत पर्ने उक्त जग्गाहरु अधिग्रहण गरेको राजपत्रमा खुलाइएको छ । राज पत्र अनुसार सबै जग्गाहरुको क्षतिपूर्ति पनि दिइएको छ । यी सबै विवरणमा रुकमनीको जग्गाको कित्ता कतै पनि अधिग्रहणमा परेको देखिदैन । 

५८ मै पत्ता लागेको थियो माफियाको जालो

वीरगंज आदर्शनगर निर्माणका लागि भएको अधिग्रहणमा फर्जी कागजात बनाएर व्यक्तिको जग्गा हडपिएको विषय २०५८ सालमा वीरगंजमा एकाएक फैलियो । त्यसले आन्दोलनकै रुप लिएपछि सरकारले छानबिन समित गठन गर्यो । सो छानबिनमा तत्कालिन एक नम्बर गोश्वारा मार्फत शम्भु प्रसाद कलवार (लक्ष्मी सुमेश्वर) लगायतका व्यक्तिहरुले मालपोत र नापी तथा प्रसाशनका व्यक्तिहरुसँग मिलेर निजी जग्गामा हत्याएको खुलेको घटनाबारे जानकार वीरगंजका पुराना स्थानीयहरु बताउँछन् । तर, यो कुराको अभिलेख कतै भेटिदैन ।

एक पूर्व नापीका कर्मचारीका अनुसार आदर्शनगर निर्माण समितिले अधिग्रहण गरेर मुआब्जा दिएको बाहेकको जग्गाको किर्ते नामसारी र अधिग्रहणको फर्जी निर्णय २०५८ मा खारेज भएको थियो । सो खारेजीसँगै २०२३ सालमा जसको नाममा जग्गा थियो उनीहरुको नाममा पुरानो जग्गा कायम भएको थियो । तर, जग्गा धनीहरुले सो कुरा थाहा नपाउँदा भूमाफिया शम्भु प्रसाद कलवारमार्फत एक पछि अर्को व्यक्तिको नाममा फर्जी कागजातका आधारमा जग्गा विक्री हुँदै आएको थियो । मालपोतमा अर्का व्यक्तिको नाममा दर्ता कायम जग्गाको पटक पटक विक्री र त्यही जग्गामा बैंक ऋण र लगानी कसरी स्वीकृत भयो भन्ने विषय अझै अनुसन्धानमा छ ।

प्रदिप कुमार केडिया

हालको चल्नचल्ती अनुसार धुरमै ५० लाख रुपैयाँ पर्ने सो जग्गाको कुल मूल्य १ अर्ब १३ करोड रुपैयाँ हाराहारी पुग्छ । जग्गाधनीका हकदार मध्येका नाती प्रदिप कुमार केडियाले भुमि सुधार तथा मालपोत कार्यालय पर्सामा हालसाविक, नामसारी गरी जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउन निवेदन दिएका छन् । निवेदनको सुनवाई गर्दै मलपोत कार्यालयले २०८१ साल भदौ ११ गते नापी कार्यालय पर्सालाई पत्र लेख्दै स्थलगत सर्जमिन साथै फिल्ड प्रतिवेदन पेश गर्न भनेको छ । 

सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ । 




प्रतिक्रिया

  • Gaurishankar Chaudhary 5 months ago
    Karbahi garnu

The Reporter

यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||

  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने....

  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||
  • झापामा नो केबलकार समूह र प्रहरीबीच झ*ड*प, ४ जना पक्राउ || SIDHAKURA....
  • रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै छन्’ || SIDHAKURA ||
  • रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ? : राजेन्द्र लिङ्देन....
  • यी ६ काण्डको संसदीय छानबिन समिति चाहिन्छः स्वर्णीम वाग्ले || Swarnim Wagle....
  • दम छ भने मैले भ्रष्टाचार गरेको एउटा प्रमाण ल्याइयोस: केपी शर्मा ओली....
  • संसद्‌‌मा आकस्मिक समयको माग गर्दै रास्वपाको विरोध || SIDHAKURA ||
  • ट्रोल गर्दा जेल ? यो त अत्ति भयो - अधिवक्ता बाबुराम अर्याल....
  • 'सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको प्रश्न संसदमा उठ्छ' || SIDHAKURA ||
  • सहिदहरुले राणाबाट देश जोगाए, अहिले नेताले कब्जाले गरे || SIDHAKURA ||
  • पाथिभरामा केबलकार बनाउनुपर्छ: योगेश भट्टराई || SIDHAKURA ||
  • कांग्रेसका सचेतकले सरकार त अध्यादेशबाटै चलाउने भनेपछि... || SIDHAKURA ||
  • ‘अब यस्तो घटना कहिल्यै नदोहोरियोस्’ || SIDHAKURA ||
  • मैले खोक्न पाको छैन ICU मा देखाए, त्यो आश पुन्नेवाला छैनः प्रधानमन्त्री....
  • शत्रु लागेको भन्दै रविलाई वृद्ध आमाको जन्तर, रवि किन गए उच्च अदालत....