नेभिगेशन
सबै कुरा

लिजा र एफआरएमा उत्कृष्ट अङ्क प्राप्त गरेको कटारी नगरपालिकालाई जिससकाे उदयपुरको सम्मान

काठमाडौँ । गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा उत्कृष्ट अङ्क प्राप्त गरेकोमा  कटारी नगरपालिका सम्मानित भएको छ । बिहीबार सम्पन्न जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभामा कटारीलाई सम्मानित गरिएको हो । 

जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी गजेन्द्र नाथ शर्माले कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिकवर्ष २०८०/८१ मा कटारीले लिजातर्फ ९३.२५ अङ्क र एफआरएमा ८३ ल्याएर जिल्लाको उत्कृष्ट सावित भएको थियो । 

कटारी लिजा र एफआरए दुवैमा जिल्ला ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ स्थानीयतहमध्ये उत्कृष्ट भएको थियो भने प्रदेशभरीका नगरपालिका मध्ये दोस्रो भएको भन्दै सम्मान गरिएको समन्वय प्रमुख विश्वकर्माले बताए ।

नगर प्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता बढाउँदै अघि बढ्ने योजना बनाएको छ। ‘हामीले प्राप्त गरेको यो उपलब्धि नगरवासीहरूकै सहयोग र सशक्त नेतृत्वको परिणाम हो,’ प्रमुख श्रेष्ठले भने ।

त्यस्तै जिससको सम्मानले आगामी दिनमा अझ प्रतिबद्ध भएर नगरलाई समृद्धि बनाउने काममा लागिरहन हौसला मिलेको उनले बताए । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारबाहीमा एकरूपता ल्याउन तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न लिजा र एफआरए विधि अपनाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्