नेभिगेशन
सबै कुरा

कापी नल्याएको भन्दै शिक्षकले नै ७ वर्षीय बालकको अनुहारमा ‘मेरो कापी छैन’ लेखेर घर पठाए

काठमाडौँ । उदयपुरको एक सामुदायिक विद्यालयका शिक्षकले कापी नल्याएको निहुँमा ७ वर्षीय बालकलाई बेइज्जत गरेको घटना बाहिरिएको छ । जिल्लाको कटारी नगरपालिका २ स्थित कमला प्राबि खोक्सामा कक्षा ३ मा अध्ययन गर्ने ७ बर्षिय बालकलाई सोही विद्यालयका राहत शिक्षक नातिबाबु भट्टराईले कपि लिएर नआएको निहुँमा बाललमाथि दुव्र्यहार गरेका हुन् । 

ति शिक्षकले बालकको अनुहारमा मार्करले ठूलो अक्षरमा ‘मेरो कापी छैन’ भन्ने शब्द लेखी विद्यालय बाट घर पठाएका थिए । गत मंगलबारको उक्त घटना सामाजिक संजाल फेसबूक मार्फत बाहिरीएपछि अहिले उक्त घटनाले चर्चा पाएको छ । 

Global Ime Bank

घटनाबारे बुझ्दा शिक्षक भट्टराईले आफूले बालकको अनुहारमा मार्करले लेखेको स्वीकार गरेका छन् । शिक्षक भट्टराईले बारम्बार विद्यार्थीको अभिभावकलाई समेत विद्यार्थीलाई कापी र कलम पठाउन भन्दा नमानेपछि उक्त कार्य गरेको बताए। पठन पाठनमा अभिभावक जिम्मेवार नहुँदा यो समस्या आएको उनले बताए। घटना बाहिर आएपछि शिक्षक भट्टराईले बिहीबार पीडित बालकको घरमा गएर माफी समेत मागेका छन्।

यता बालकका बाबुले भने अभिभावकको गल्तीमा बच्चालाई सजाय दिन नहुने बताए । ‘मेरो आर्थिक अवस्था कमजोर छ, मैले कपि कलम किनेर दिन सकिन होला तर कपि नै नल्याएको भन्दै शिक्षकले यसरी मेरो छोराको सार्बजनिक रूपमा दुर्व्यवहार गर्न हुदैनथ्यो ।’  बालकका बाबुले सिधाकुरासँग भने ।

विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनाले आफु दुखी भएको कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले बताएका छन् । घटनाको बारे सत्य तथ्य बुझी गलत भेटिए कारबाही गर्ने श्रेष्ठले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय...
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।