२३ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रकं लाइनबाट विद्युत आपूर्तिको वक्यौता नतिरेको भन्दै हुलास स्टिलको बिजुली काटेको छ ।
सोमबार प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको बिजुली काटेको हो । प्राधिकरणकाअनुसार हुलासको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको हो ।