काठमाडौं । झण्डै ३ अर्ब रुपैयाँ ठगीको आरोपमा नाम चलेका ६ जना घर जग्गा व्यवसायीहरू पक्राउ परेका छन् । कलङ्कीमा निर्माणाधीन बहुउद्देश्यीय व्यापारिक भवन कंलकी ट्रेड सेन्टर (केडीसी) मा लालपुर्जा सहितको सटर उपलब्ध गराउने भन्दै रकम लिए ठगी गरेको आरोपमा काठमाडौँ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतकाअनुसार पक्राउ पर्नेहरुमा नरेन्द्र बज्राचार्य, राजेशकृष्ण सिंह श्रेष्ठ, शान्तिरमण पंगेनी, निरन्जन कुमार श्रेष्ठ, राजु मर्हजन र चिरञ्जीवी पौडेल रहेका छन् । ‘जिल्ला प्रहरी कार्यालय काठमाडौँले आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ उच्च स्रोतले भन्यो,‘ उनीहरूमाथि करोडौँ ठगीका आरोप छ ।’