नेभिगेशन
सबै कुरा

लेखा समितिले प्रश्न उठाएपछि रोकियो रिलायन्स स्पिनिङको आइपीओ

काठमाडाैँ । चौतर्फी विवादपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकेको छ। संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि बोर्डले सो कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन अर्थात आइपीओ स्थगित गरेको हो। 

कम्पनीले असार २७ अर्थात भोलीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ खुलाउने प्रक्रिया अघि बढाएको थियो । उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई १ लाख १५ हजार ६ सय ९६ कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीको आइपीओ एक दिन अघि पुगेर रोकिएको छ । 

सर्वसाधारणलाई बुक विल्डिङ विधिबाट प्राथमिक सेयर निष्कासनको अन्तिम चरणमा रहेको रिलायन्स स्पिनिङले  प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसामा आईपीओ निष्काशन अनुमति पाएको थियो। बोर्डले असार १२ गते आइपीओ निष्काशनको अनुमति दिएपछि पहिलो चरणमा आगामी असार २७ गते वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ जारी गर्न लागेको कम्पनीको योजनामा तत्कालका लागि ब्रेक लागेको छ । 

आइपीओ निष्कासनको अन्तिम चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएको भन्दै मंगलबार बसेको लेखा समिति बैठकले बोर्डसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । बोर्डलाई लिखित प्रश्न गर्दै समितिले ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३४ अङ्कले बढ्यो नेप्से परिसूचक

३४ अङ्कले बढ्यो नेप्से परिसूचक

आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७...
३५ अङ्कले घट्यो नेप्से परिसूचक

३५ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ ।...
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता...
नेप्से परिसूचक २२ अङ्कले बढ्यो

नेप्से परिसूचक २२ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम...